• २०८१ बैशाख १५ शनिबार

यौन सामर्थ्यमा खाद्यपदार्थको प्रभाव ! 

kharibot

काठमाडौं । यदि कुनै विशेष खाद्यपदार्थले कामेच्छा, यौन शक्ति अथवा यौन सुख बढाउँथ्यो भने सायद हरेकले उक्त खाना बजारमा आउनेबित्तिकै किन्ने थिए । 

सन्तुलित आहार, सक्रिय जीवनशैली र राम्रो मानसिक स्वास्थ्ले यौन जीवनलाई बढाउन सक्छ । तर, के कुनै विशेष खाद्यपदार्थले वास्तवमै प्राकृतिक यौन जीवनलाई बढाउन सक्छ त ? 

कुनै खाद्यपदार्थले यौन जीवनलाई राम्रो बनाउन सक्छ कि सक्दैन भनी गरिएको एक अध्ययन प्रतिवेदनको नतिजा यस्तो देखिएको छ । 

शंखेकीरा अथवा घोंघी

क्यासेनोभा इतिहासमा प्रसिद्ध प्रेमी मानिन्छन् । भनिन्छ उनी खाजामा ५० ओटा शंखेकिरा खाने गर्थे । समुद्र किनारमा पाइने शंखेकिरा खानाले कामशक्ति बढ्छ भन्ने मान्यता छ । यो भ्रम फैलिनुको कारण के हो त ? 

जब ग्रीसकी प्रेमकी देवी एफ्रोडाइट जन्मिइन्, तब उनी समुद्रबाट उठेकी थिइन् । एफ्रोडाइट समुद्रबाट निस्केकी हुनाले समुद्रमा पाइने भोजन यौन जीवन बढाउने भोजनको रुपमा मानिन लाग्यो । शंखेकीरामा कपर भरपूर मात्रामा हुन्छ जुन टेस्टोस्टेरोन उत्पादनका लागि एक पोषक तत्त्व हो । 

एक अध्ययनका अनुसार कपरले पुरुषको बाँझोपन हटाउनुका साथै शुक्राणुको गुण बढाउन पनि मद्दत गर्छ । शेलफिस, रातो मासु, फर्सी, तिल, काजु, बदाम, दूध, केराउ, पनिर, राजमा आदि कपरका अन्य स्रोत हुन् । 

डार्क चकलेटले राम्रो प्रेमी बनाउँछ ? 

शोधकर्ताका अनुसार डार्क चकलेट खानाले मानिसमा प्रेमको भावना उत्पन्न हुन सक्छ । किनकि यसमा फिनाइल इथेलेमाइन (पीईए) रसायन हुन्छ जसलाई लभ केमिकल पनि भनिन्छ । 

पीईए शरीरमा रिलेशनशीप सुरु भएको केही महिनापछि उत्पन्न हुन्छ जसले डोपामाइनजस्ता राम्रा हार्मोन उत्पन्न गर्दछ । त्यस्तै, यसले मानव मस्तिष्कमा आनन्द तथा खुसीलाई नियन्त्रित गर्ने केन्द्रलाई उत्तेजित गर्दछ । 

चकलेटमा धेरै कम मात्रामा पीइृए हुन्छ र चकलेट खाइसकेपछि यो सक्रिय हुन्छ कि हुँदैन भन्नेमा चाहिँ अझै निश्चय भइसकेको छैन । त्यस्तै, कोकोले रक्तप्रवाहलाई बढाएर मानिसलाई खुसी राख्ने हार्मोन सेरोटोनिनको स्तर बढाइदिन्छ । 

चकलेट र यौनबीचको सम्बन्ध 

१६औं शताब्दीमा एक स्पेनी अनुसन्धाता एर्नान कोर्तेसले चकलेटको खोजी गरेका थिए । उनी चकलेटको खोजी गर्ने पहिलो युरोपेली मानिन्छन् । उनले माया र एजटेक साम्राज्यमा धेरै समय बिताएका थिए । 

उनले स्पेनका राजा कार्लोस प्रथमलाई मायामा पिउने कोकोआ चकलेटको बारेमा जानकारी हासिल गरेको बताए । कोकोआको चकलेले मानिसको प्रतिरोधक क्षमता निर्माण गर्नुका साथै थकानलाई पनि हटाउने उनको भनाइ थियो । 

तर, स्पेनीहरुले चकलेटलाई स्वास्थ्यसम्बन्धी लाभका लागि मात्रै सही माने । ट्रिप्टोफेन तनाव, एनजाइटी आदिसँग लड्न चकलेटले सहयोग गर्ने र यसका अन्य स्रोतमा सालमन माछा, अण्डा, पालुंगो, बदाम र सोयाका उत्पादन पनि पर्छन् । 

खुर्सानीले यौन जीवनलाई कत्तिको स्पाइसी बनाउँछ ? 

खुर्सानीमा क्यापसाइसिन हुन्छ जसले शरीरलाई एन्डोर्फिनको मात्रा बढाउँछ । यो खुसी राख्ने एक अर्को हार्मोन हो । यो हार्मोनले मानिसको मेटाबोलिजम, शरीरको तापक्रम र मुटुको धड्कनलाई बढाइदिन्छ जसको अनुभव यौनसम्पर्कको समयमा हुन्छ । 

मद्यपानले यौनलाई सहयोग गर्छ कि बाधा ? 

मद्यपानले केवल मानिसको संकोचलाई कम गरी इच्छालाई बढाउन सक्छ । धेरै मद्यपान गर्ने महिला र पुरुष दुवैमा नै भावुकता कम हुन्छ । नियमित सेवन गर्ने हो भने यसले व्यक्तिको यौन शक्तिलाई क्षीण बनाउन सक्छ र यसले नपुंसकता पनि उत्पन्न गर्न सक्छ । 

नपुंसकताका लागि 

शोधका अनुसार केही फ्बोनोइड्स (जडीबुटीबाट बनेका) ले युक्त खाद्यपदार्थ खानाले नपुंसकताको सम्भावना निकै कम हुन्छ । ब्लूबेरी र अन्य अमिलो फलमा पाइप्ने एन्थोसाइनिनमा नपुंसकता रोक्ने क्षमता हुन्छ । 

फ्लेबोनोइड्सले युक्त खाद्यपदार्थ र व्यायामले नपुंसकताको समस्या २१ प्रतिशतसम्म कम गर्न सक्छ । 

केही शोधका अनुसार नपुंसकता रोक्नुका साथै यौन क्रियालाई नियमित राख्न सन्तुलित आहारको ठूलो भूमिका हुन्छ । यसमा साविकको अन्न, फल, तरकारी, ओखर आदि सन्तुलित भोजनले सहयोग पुर्याउँछ । एन्थोसायनिनले यसमा ठूलो भूमिका निभाउन सक्छ । चेरी, कालो अंगुर, बयर, ऐंसेलु आदि यसका स्रोत हुन् । 

यौनेच्छा बढाउने यी खाद्यपदार्थलाई एफ्रोडिजियेक्स भनिन्छ । यसको नाम ग्रीक देवी एफ्रोडाइटीको नाममा राखिएको हो । यसलाई तीन श्रेणीमा विभाजित गरिएको छ । कामेच्छा, यौनशक्ति र यौनसुख । 

यसमा खाद्यपदार्थले सहयोग गर्छ कि गर्दैन भनी वैज्ञानिक रुपले त यो प्रमाणित भइसकेको छैन । 

वास्तवमा एफ्रोडिजियेक्समा मात्र खाद्यपदार्थले सहयोग गर्ने पुष्टि भएको छ । यो पाकेको र सडेको फलको गन्ध हो । 

यौन स्वास्थ्यका विशेषज्ञ डा. क्रिकम्यानका अनुसार मानिसहरुले कामोत्तेजक खाद्यपदार्थले काम गर्ने ठानेर नैै खाने गरेका हुन् । यदि कुनै खाद्यपदार्थले काम गरेको छ भने त्यसले किन र कसरी काम गर्यो भन्ने कुराको कुनै अर्थ रहँदैन । 

यदि यौनेच्छा र यौन शक्तिमा कमी भएको छ भने विभिन्न किसिमका जडीबुटीको प्रयोग गर्ने सल्लाह दिइन्छ । यदि त्यसले फाइदा अथवा नोक्सान के गर्छ भन्ने स्पष्ट छैन भने त्यसको उपभोग गर्नुहुँदैन । 

बरु यौनसम्बन्धी कुनै समस्या देखा परेमा सर्वप्रथम चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । 

एजेन्सीको सहयोगमा  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै