बाढी, पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित : रेडक्रस

खरीबोट

काठमाडौं / मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान लगाएको छ ।

बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित ३२ जिल्लामा सोसाइटीका निकायबाट सङ्कलन भएका प्रारम्भिक तथ्याङ्कले ४० हजार घरमा क्षति पुगेको जनाइएको छ । आफ्ना तालीम प्राप्त स्वयंसेवकबाट प्रभावितका खोज, उद्धार तथा राहत वितरणका साथ प्रभावितको तथ्याङ्क सङ्कलन कार्य द्रुतरुपमा जारी रहेको विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले जानकारी दिए ।

तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार ६६२ तारपोलिन तथा ३१० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिसकिएको र वितरण कार्य जारी रहेको उहाँले जानकारी दिए । प्रभावित क्षेत्रमा ३७४ जना तालीम प्राप्त तथा अन्य स्वयंसेवक परिचालन भइरहेको छ

प्रदेश नं २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारम्भिक द्रुत सर्वेक्षण जारी रहेको छ । ती जिल्लामा राष्ट्रिय विपद् प्रतिकार्यका एक÷एक जना विशेषज्ञले काम गरिरहेका छन् । प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन पानी शुद्धीकरण र सर्पदंशबाट बच्ने उपायका बारेमा सन्देश प्रभाव गर्ने कार्य जारी रहेको सोसाइटीले जनाएको छ । 

सम्बन्धित समाचार

भोटेकोशीमा बाढी, सुरक्षित स्थानमा जान आग्रह

रसुवा । भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित

अरुणखोलाको डाइभर्सन बाढीले बगाउदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

चितवन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको अरुणखोलामा बनाइएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार आईतबार साँझ साढे ६ बजेको आसपासमा अरुणखोला खोलामा आएको बाढीले डाइभर्सन बगाएको

बाढीपहिरोसम्बन्धी स्थायी समाधान खोज्नुपर्ने सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधिसभाका संसादहरुले बाढीपहिरोको समस्यालाई टालटुल मात्रै गर्नेभन्दा पनि स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले हरेक वर्ष आउने बाढी र पहिराका कारण

दक्षिण भारतमा बाढीले २०९ को मृत्यु

भारत । भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ । यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु


z