• २०८१ बैशाख १५ शनिबार

साहोको रिलिज मिति सारियो, अक्षय र जोनको फिल्म एकसाथ भिड्ने

kharibot

मुम्बई । बाहुबली फेम प्रभास र श्रद्धा कपुरको नयाँ फिल्म साहोको रिलिज मिति सारिएको छ ।

यस अघि अगष्ट १५ मा रिलिज गर्ने भनिएको यो फिल्म सुपरस्टार अक्षयकुमारको फिल्म मिसन मंगलसँग जुध्ने भएपछि दुई साता पछि रिलिज गर्ने घोषणा गरिएको छ । अब फिल्म अगष्ट ३० मा रिलिज हुने भएको छ ।

अगष्ट १५ मा अक्षयको मिसन मंगल बाहेक अर्का अभिनेता जोन अब्राहिमको फिल्म बाट्ला हाउस पनि रिलिज हुदै छ । राम्रा साथी समेत रहेका अक्षय र जोनको भिडन्त हुने भएपछि अहिले बलिवुडमा ठुलो चर्चाको विषय बनेको छ ।

तर बलिवुड फिल्म विश्लेषकहरुले भारतीय स्वतन्त्रता दिवसको दिन सार्वजनिक बिदा हुने हुनाले दुई फिल्मको भिडन्तले खासै असर नगर्ने बताएका छन् ।             

एक्सन प्रधान रहेको फिल्म साहो अभिनेता प्रभासको बाहुबली पछिको पहिलो फिल्म भएकाले पनि यसको लामो समयदेखि प्रतिक्षा गरिएको छ ।फिल्ममा अभिनेत्री श्रद्धा कपुर पनि एक्सन अवतारमा देखिदै छन् । 

साहो हिन्दी भाषासहित तमिल र तेलेगुमा पनि बनेको छ भने फिल्मलाई सुजिथले निर्देशन गर्दैछन् ।

भारतका अलावा आबुधाबी र रोमानियामा पनि सुटिंग गरिएको छ । फिल्ममा शंकर एहसान लोयले संगीत दिएका छन् ।

फिल्मको लागत साढे २ सय करोड रहेको छ भने फिल्मलाई टी-सिरिज, धर्मा प्रोडक्सनले निर्माण गरेका हुन् ।

फिल्ममा प्रभास र श्रद्धाका अलावा निल नितिन मुकेश, जैकी श्राफ, चंकी पाण्डे, महेश मंजेरकर, अरुण विजयलगायतका कलाकारको अभिनय रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै