Skip This

साउनको शुरुआतसँगै हरियो चुरा र पोतेको बिक्री तीव्र

खरीबोट

विराटनगर / प्रदेश नं १ को राजधानी विराटनगरको बजार यतिखेर पूरै हरियाली भएको छ । साउनको आगमनसँगै विराटनगरको बजार होस् वा भित्री गल्लीका दोकानहरुमा यतिखेर महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पहँेलो पोते, मेहन्दी, हरियो साडीहरु खरीद गर्न भ्याइनभ्याइ भएको छ ।

विराटनगर गुद्रीमा रहेको रियाज स्टोरका व्यापारी रियाज हकले साउनमा आफ्नो व्यापार राम्रो हुने र सामान बिक्री गर्न भ्याइनभ्याइ रहेको बताउछन् । यस्तै, न्यू दिदी शृङ्गाार पसलका व्यापारी विपीनसिंह भण्डारी यो महीनामा व्यापार बढ्ने र आम्दानी पनि राम्रो हुने बताउँदै अहिलेको महिलाहरुलाई जडी चुरा, बुटेचुरा र साधा चुरा बढी मन पराउने र आफूले पनि त्यही सामान बिक्री गरिरहेको जानकारी दिए ।

साउन महीनामा हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या बढ्ने गरेको उनको भनाइ छ । पसलमा चुरा किन्न आउनुहुने विराटनगर निवासी सुजता खनालले आफ्ना साथीहरुले लगाएको देखेर र साउनमा चुरा र मेहन्दी लगाउन रहर लागेकाले आफू पनि चुरा लगाउन र मेहन्दी किन्न आएको बताउछन्  ।

यस्तै विराटनगर निवासी ५० वर्षीया सलिना कोइराला हिन्दू महिलाले साउन महीनालाई विशेष महीनाका रुपमा लिने गरेको र साउन महीनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो वस्त्र लगाई शिवजीको पूजा गर्ने सोमबारको व्रत बस्ने श्रीमानको लामो आयु तथा दीर्घायुको कामना गर्ने गरेको प्रतिक्रिया दिए ।

विराटनगर बजारमा यतिखेर व्यापारीलाई सामान बिक्री गर्न चटारो छ । । विवाहित महिला होस् वा अविवाहित महिला कतिले रहरले लगाउने गरेका छन् भने कतिले देखासिकी गरेर हरियो चुरा र मेहन्दी लगाउने चलन नै भइसकेको छ ।

हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिलाले श्रीमान्को समृद्धि होस् भनेर खासगरी विवाहित महिलाले हरियो चुरा, पोते, हरियो लुगा र मेहन्दी लगाउने धार्मिक प्रचलन छ । साउन महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडीहरु एकले अर्कालाई उपहार पनि दिने चलन रहेको छ भने बजारमा यी सामानहरुको खरीद–बिक्री पनि बढेको पाइएको छ । 

सम्बन्धित समाचार

साउनको अन्तिम सोमबार पशुपतिलगायत शिवालयमा भक्तजनको भीड

काठमाडौँ । साउन महीनाको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो, साउन २६ गते बस्ने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही साउन २६ आइतबारसम्मका लागि सरेको छ । काँग्रेसको असार २२ गतेदेखि जारी बैठकमा विभिन्न १४ बुँदामा छलफल शुरु भए पनि साउन २२ का

उपनिर्वाचनमा साउन १६ सम्म १८ वर्ष पुगेका मात्र योग्य मतदाता

काठमाडौँ । आगामी मङ्सिर १४ गतेका लागि तोकिएको उपनिर्वाचनमा यही साउन १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका व्यक्ति मात्र योग्य मतदाता हुने छन् ।  निर्वाचन आयोगको सिफारिसअनुसार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा

साउनभित्र पार्टी एकता टुङ्गिन्छ : माधव नेपाल 

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताएका छन् ।  आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले पार्टी एकता चाँडोभन्दा चाँडो


z