• २०८१ बैशाख १५ शनिबार

काउन्टीमा डिभिलियर्सको डेभ्यु : लर्ड्समा खेले अविस्मरणीय पारी

kharibot

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका दक्षिण अफ्रिकाका आक्रामक ब्याट्सम्यान एबी डिभिलियर्सले टी-२० लिगमा आफ्नो लगातार राम्रो खेल जारी राखेका छन् । 

हालै सम्पन्न विश्वकपमा दक्षिण अफ्रीकाको टिमबाट फेरी खेल्ने प्रयास गरेको भन्ने विवादमा परेका डिभिलीयर्सले विश्वकपको फाइनल भएको लर्ड्स मैदानमा आक्रामक ब्याटिंग गरेका छन् ।

इङल्यान को चर्चित टी-२० लिग ब्लाष्ट २०१९ को उद्घाटन खेलमा डिभिलीयर्सले मिडिलसेक्सको तर्फबाट खेल्दै केबल ४३ बलमा ८८ रनको आक्रमक पारी खेलेका छन् । एसेक्सविरुद्ध भएको सो खेलमा डिभिलीयर्सको उत्कृष्ट पारीको मद्धतले मिडिलसेक्सले ७ विकेटको जित हासिल गरेको थियो ।

३९ रनमा दुई विकेट गएको अवस्थामा ब्याटिंग गर्न आएका डिभिलीयर्सले अन्तिमसम्म मैदानमा रहदै ५ चौका र ६ छक्का प्रहार गर्दै अविजित ८८ रन बनाए ।

देशको लागि नखेलेर पैसाको लागि फ्रेन्चाईज टी-२० लिग खेलिरहेको आरोप लागेका डिभिलीयर्सले यस खेलमा सुरुका १५ बलमा केवल १७ बनाएको भएपनि पछिल्लो २८ बलमा ७१ रन बनाएका थिए ।

डिभिलीयर्सको काउन्टी क्रिकेटमा यो डेभ्यु खेल हो भने उनी यस खेलमा प्लेयर अफ द म्याच बने ।

ससेक्सले दिएको १६५ रनको लक्ष्य मिडलसेक्सले १७ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै