• २०८१ बैशाख १४ शुक्रबार

साताको सेयर : नेप्से १२ सय ७२ बिन्दुमा, एक अर्ब ९० करोडको कारोबार

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) मा एक सय ७४ कम्पनीहरुको २४ हजार एक सय ३३ वटा कारोवार भएकाछन् ।

जसअनुसार ८५ लाख ९९ हजार १७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ९० करोड ११ लाख ४२ हजार पाँच सय ४१ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा निकै कम हो । 

गत साता भने नेप्सेमा एक सय ७३ कम्पनीहरुको ३४ हजार छ सय ६७ वटा कारोवार भएका थिए । जसअनुसार एक करोड १३ लाख ८७ हजार पाँच सय १६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब ६३ करोड ३३ लाख ३१ हजार एक सय २४ रुपैयाँ पुगेको थियो ।

यो साता बजार परिसुचक १२ सय ७२ दसमलव ४९ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ७३ दसमलव ८४ अंकमा पुगेर रोकिएको छ । 

यो साता नेप्सेको नियिमत कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो दिन नेप्से बढेको थियो भने पाँचौं दिन नेप्से घटेको थियो । पहिलो दिन बजार परिसुचक शुन्य दसमलव ९५ अंकले बढेर १२ सय ४९ दसमलव ४९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव २४ अंकले उकालो लागेर दुई सय ६८ दसमलव ५७ अंकमा चढेको थियो ।

दोस्रो दिन बजार परिसुचक पाँच दसमलव आठ अंकले बढेर १२ सय ५४ दसमलव ५६ अंकमा बढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ७१ अंकले बढेर दुई सय ७० दसमलव २८ अंकमा चढेको थियो । तेस्रो दिन भने बजार परिसुचक चार दसमलव ४५ अंकले उकालो लागेर १२ सय ५९ दसमलव एक अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स शुन्य दसमलव ३६ अंकले बढेर दुई सय ७१ दसमलव २५ अंकमा चढेको थियो ।

साताको चौथो दिन सेयर बजार परिसुचक १५ दसमलव ८५ अंकले बढेर १२ सय ७४ दसमलव ८६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ८६ अंकले बढेर दुई सय ७४ दसमलव ११ अंकमा चढेको थियो ।

साताको पाँचौ दिन भने सेयर बजार परिसुचक दुई दसमलव ३७ अंकले घटेर १२ सय ७२ दसमलव ४९ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव २७ अंकले घटेर दुुई सय ७३ दसमलव ८४ अंकमा झरेको थियो । 

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल बैंक, शिवम सिमेन्ट, छिमेक लघुबित्त बित्तीय संस्था आदि परेकाछन भने बढी सेयर कारोवार गर्ने कम्पनीहरुको सुचीमा प्रभु बैक, नेपाल बैंक, एनआईसी एशिया बैंक आदि परेकाछन् । बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन । 

सेयर सुचीकरणतर्फ भने यो साता एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ लाख ४० हजार तीन सय ५२ दसमलव ७३ कित्ता हकप्रद सेयर सुचीकृत भएको छ भने एनएमबी माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्थाको पनि दुई लाख ११ हजार तीन सय १२ दसमलव पाँच कित्ता बोनस सेयर सुचीकृत भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै