काठमाडौं । वेस्ट इन्डिजको भ्रमण गर्ने भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ । वेस्टइन्डिजमा खेल्ने भारतीय टिममा पुर्व कप्तान महेन्द्र सिंह धोनीलाई बिश्राम दिइएको छ । भने विश्वकप खेलेका दिनेश कार्तिकलाई टिममा समावेश गरिएको छैन ।
त्यस्तै भारतीय टिमका कप्तान परिवर्तन गर्ने हल्लाका बीच विराट कोहलीलाई नै निरन्तरता दिइएको छ । यस अघि टी-२० र एकदिवसीय खेलमा रोहित शर्मा र टेस्ट टिममा विराटलाई कप्तान बनाउने विषय बहसमा रहेको थियो ।
त्यस्तै अलराउन्डर हार्दिक पाण्डेय पनि फिट नभएका कारण वेस्टइन्डिज टुरमा जाने टिममा परेका छैनन् । त्यस्तै विश्वकपका क्रममा घाइते भएका विजय शंकरलाई समेत यस टिममा समावेश गरिएको छैन । त्यस्तै विश्वकपका क्रममा घाइते भएका शिखर धवन टी-२० र एकदिवसीय टिममा फर्किएका छन् ।
त्यस्तै भारतीय टी-२० र एकदिवसीय टिममा श्रेयस अय्यर, तिब्रगतिका बलर नैनदीप सैनी, अर्का बलर खलिल अहमदले स्थान पाएका छन् ।
एकदिवसीय टिम : विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, रिषव पन्त, भुवनेश्वर कुमार, श्रेयस अय्यर, मनिष पाण्डे, नैनदीप सैनी, केदार जादभ, युजवेंद्र चहल, कुलदीप यादव, मोहमद सामी, रविन्द्र जडेजा, खलिल अहमद रहेका छन् ।
टी-२० टिम : विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, रिषव पन्त, श्रेयस अय्यर, मनिष पाण्डे, नैनदीप सैनी, राहुल चहर, दीपक चहर, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार, क्रुनाल पाण्डेय, रविन्द्र जडेजा, खलिल अहमद रहेका छन् ।
टेस्ट टिम : विराट कोहली (कप्तान), रोहित शर्मा, आजिख्य रहाने, चैतेश्वर पुजारा, केएल राहुल, मयंक अग्रवाल, हनुमा विहारी, रविन्द्र जडेजा, आर आश्विन, कुलदिप यादव, जसप्रित बुमराह, इशान्त शर्मा, मोहमद सामी, उमेश यादव, रिषव पन्त र रिद्धिमान शाह ।
भारतले वेस्टइन्डिजसँग ३ टी-२०, तीन एकदिवसीय र २ टेस्ट खेलको सिरिज खेल्दै छ । सुरुमा हुने टी-२० को पहिलो खेल अगस्त ३ मा हुदै छ ।