बलात्कारी दश वर्षका लागि कारागार चलान

खरीबोट

खोटाङ । बालिकालाई जबर्जस्ती बलात्कार गरेको मुद्दामा दोषी ठहरिएका साकेला गाउँपालिका–५ मात्तिम (साबिकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राई कारागार चलान भएका छन् । २०६६ साल असार २३ गते एक बालिकालाई जबर्जस्ती बलात्कार गर्ने राई आइतबार कारागार चलान भएका हुन् ।

शुक्रबार घरैबाट पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराएलगत्तै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए । महिलालाई जबर्जस्ती बलात्कार गरेकामा उनलाई जिल्ला अदालत खोटाङले २०७१ साल मङ्सिर २५ गते दश वर्ष कैद सजाय सुनाएको थियो ।

दश वर्षसम्म जिल्लाबाहिर लुकिछिपी बस्दैआएका राई केही दिनअघि मात्र घर आएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार रहेका उनलाई प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको थियो ।
 

सम्बन्धित समाचार

टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड

अमेरिका । अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ ।  टेक्सास राज्यमा यसै वर्ष गम्भीर अपराधको अभियोगमा

बलात्कारी दश वर्षका लागि कारागार चलान

खोटाङ । बालिकालाई जबर्जस्ती बलात्कार गरेको मुद्दामा दोषी ठहरिएका साकेला गाउँपालिका–५ मात्तिम (साबिकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राई कारागार चलान भएका छन् । २०६६ साल असार २३ गते एक

बलात्कारी बाबुलाई २३ वर्ष कैद

चौतारा /  जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ ।  जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई  ७० हजार

पाँच बलात्कारीलाई दश बर्ष जेल

गाईघाट।  उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ ।  जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको


z