• २०८१ बैशाख १४ शुक्रबार

नेप्से २.४८ अंक बढ्दा ३१ करोड ६६ लाखको सेयर किनबेच

kharibot

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन आएको छ । नेप्से आज दुुई दशमलव ४८ अंकले बढेर १२ सय ७१ दशमलव २३ विन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १९ अंकले बढेर दुुई सय ७३ दशमलव ५० अंकमा चढेको छ । 

एक सय ६६ कम्पनीहरुको चार हजार तीन सय ८१ वटा कारोबारमा १० लाख ८४ हजार पाँच सय ५३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद विक्री हुुँदा कारोबार रकम ३१ करोड ६६ लाख ४३ हजार चार सय २१ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा नौ वटा समूहको सूचक बढेकाछ भने तीन वटाको घटेकाछन । सो मध्ये वाणिज्य बैक समूहको सूचक दुुई दशमलव ३४ अंकले बढेर ११ सय ४७ दशमलव ७७ विन्दुुमा चढ्दा विकास बैंक समूहको सूचक पनि एक दशमलव सात अंकले बढेर १६ सय २९ दशमलव ३० विन्दुुमा चढेको छ । 

जलविद्युुत् समूहको सूचक पनि पाँच दशमलव ७३ अंकले बढेर १२ सय १२ दशमलव ६८ विन्दुुमा चढेको छ । लघुुवित्त, होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि बढेका छन् । 

निर्जीवन बीमा समूहको सूचक भने २१ दशमलव ८३ अंकले घटेर पाँच हजार ६९ दशमलव ३८ विन्दुुमा झर्दा जीवन बीमा समूहको सूचक पनि छ दशमलव चार अंकले घटेर पाँच हजार नौ सय ९६ दशमलव ९७ विन्दुुमा झरेको  छ । सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव १९ अंकले घटेको छ ।  

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनएमबी माईक्रो फाईनान्स बित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य छ रुपैयाँ ९३ पैसाले बढेर एक हजार ८० रुपैयाँमा कारोबार भएको छ भने गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको महुुली सामुुदायिक लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ७२ पैसाले घटेर नौ सय ७१ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी, रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता आठ सय ९० रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड ३६ लाख ९८ हजार ६५ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै