• २०८१ बैशाख १४ शुक्रबार

प्रभु बैंकको नयाँ एप्लीकेसन प्रभु इजी फोरेक्स सञ्चालनमा

kharibot

काठमाडौ । प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा बैदेशिक मुद्रा सटही सुविधालाई मोवाइल मार्फत अनलाइन आवेदन गर्न सकिने एप्लीकेसन प्रभु ईजी फोरेक्स सञ्चालनमा ल्याएको छ ।

रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनको लागि हाल बिदेश भ्रमण गर्नेको संख्या दिनानुदीन बढ्दै गइरहेको र ब्यस्त दैनिकीका बावजुत पनि बैंकसम्म पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा उक्त झण्झटिलो तथा लामो प्रकृयालाई प्रविधिमैत्री तथा सरलीकृत गर्नको लागि प्रभु ईजी फोरेक्स एप्लीकेन्स उति उपयोगी हुने बैंकले जानकारी दिएको छ । 

प्रभु इजी फोरेक्स मोवाईल एपमा हाल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने छ भने एप स्टोरमा समेत चाडै उपलब्ध हुनेछ । उक्त एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाइन आवेदन गर्न सकिने बैकले जानकारी दिएको छ ।  

आवेदकलाई बैंकवाट केही समय भित्रमै एसएमएस मार्फत सटहीको कन्फर्मेसन प्रदान गरिने छ । तत्पश्चात आवेदकले आफ्नो अनूकुल समयमा तोकिएको शाखा तथा काउण्टरवाट बैदेशिक मुद्रा संकलन गर्न सक्नेछन । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्थित बैकको काउण्टरवाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था रहेको बैकले जनाएको छ । 

बैंकले सञ्चालनमा ल्याएको यो मोवाइल एपबाट ग्राहकवहरुको समय बचत हुने तथा विना झण्झट अनलाईन गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले ग्राहकहरुले यसबाट अधिकतम् लाभ लिन सक्ने बिश्वास बैकले लिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै