• २०८१ बैशाख १५ शनिबार

स्वतन्त्रता खोस्ने विधेयक नसुधारे आन्दोलन : सभापति देउवा

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल, मानवअधिकारलगायत प्रेस स्वतन्त्रता मानव अधिकार र लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने विधेयक सुधार नगरे आन्दोलनमा उत्रन बाध्य हुने बताएका छन् । 

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा बिपी सङ्ग्रहालय समिति सुन्दरीजलले सोमबार जोरपाटीमा आयोजना गरेको बिपी कोइराला प्रजातन्त्र सेनानी पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले संविधानको भावना विपरीत स्वतन्त्रता कमजोर हुने गरी बनाइने कुनै पनि कानूनका विरुद्ध सदन र सडकमा आन्दोलनमा उत्रन तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

बिपी राजनीति, दर्शन र साहित्यको त्रिवेणीका रुपमा नेपाली समाजमा स्थापित हुनुभएको पूर्वप्रधानमन्त्री देउवाको भनाइ थियो । 

कार्यक्रममा काङ्ग्रेस सह–महामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यताका जगमा मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल हुनसक्ने बताए । दुई तिहाई बहुमतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारका बेला स्थानीय तहदेखि केन्द्रसम्म संस्थागत भ्रष्टाचारका घटना बढेको उनको आरोप थियो । 

पार्टी केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बिपी नेतृत्वको १८ महिने सरकारले आजसम्म देशलाई प्रभाव पार्ने काम गरेको स्मरण गर्दै २०१७ पुस १ गतेको शाही कू नभएको भए आजसम्म देश समृद्धिको यात्रामा अघि बढिसक्ने बताए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य अम्बिका बस्नेत, पूर्वमन्त्री तारणिदत्त चटौत, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, महासमिति सदस्य विमल ठकुरी, सङ्ग्रहालय समितिका संस्थापक अध्यक्ष परशुराम पोखरेल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानालगायतले बिपीले राजनीति, साहित्य र दर्शनको क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गरेका थिए । 

सो अवसरमा २०१५ सालको संसदीय निर्वाचनमा क्षेत्र नं २६ बाट निर्वाचित सांसद ९४ वर्षीय तेजमान तुम्बाहाम्फे, बराह नगरपालिका सुनसरीका रवीन्द्र राई र सुनसरीकै मिसरु मियाँलाई नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानको कदर गर्दै रु एक÷एक लाख राशिको पुरस्कार प्रदान गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै