• २०८१ बैशाख १४ शुक्रबार

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

kharibot

पोखरा । गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् ।

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो विद्यालयमा अध्ययनरत १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षा कोठा भित्रै कुटपिट गरेर घाइते बनाएको आरोपलमा अभिभावकको जाहेरी परेपछि ती शिक्षकलाई  पक्राउ गरिएको हो ।

घाइते विद्यार्थी पोखरास्थित अस्पतालमा उपचार घर फर्किसकेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै