बोरिस जोन्सन बेलायतका नयाँ प्रधानमन्त्री बन्ने

खरीबोट

काठमाडौँ । बोरिस जोन्सन बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।

आज भएको मतदानपछि जोन्सन कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएपछि उनी बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका हुन् । आज भएको निर्वाचनमा जोन्सनले ९२ हजार १५३ मत पाएर अर्का नेता जेरेमी हन्टलाई पराजित गरेका थिए ।

हन्टले ४६ हजार ६ सय ५६ मत प्राप्त गरेको बिबिसीले जनाएको छ । कन्जरभेटिभ पार्टीका एक लाख ५९ हजार ३ सय २० मध्ये ८७.४ प्रतिशत मतदाताले पार्टीको नेताका लागि भएको मतदानमा भाग लिएको बताइएको छ ।

५५ बर्षिय जोन्सन यस अघि थेरेसा मे सरकारमा २०१६ जुलाई १३ देखि २०१८ जुलाई ९ सम्म बेलायतको विदेशमन्त्रीको पद सम्हालेका थिए ।   

प्रधानमन्त्री थेरेसा मे ले ब्रेक्जिक्ट कार्यान्वयन गर्न असफल भएपछि गे जुन ७ मा प्रधानमन्त्रीबाट राजीनामा गरेकी थिइन् ।

जोन्सनले शुक्रबारदेखि प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने बेलायती मिडियाले जनाएका छन् ।                  
 

सम्बन्धित समाचार

ब्रेक्जिटपछिको अवस्था मध्यनजर गर्दै सामानको भण्डार गर्दै बेलायतीहरू

लण्डन । बेलायतीहरूले पछिल्ला केही साता एता ब्रेक्जिटपछिको सम्भावित अन्योललाई मध्यनजर गर्दै नागरिकहरूले अत्यावश्यक सामानहरूको भण्डारण गर्न थालेका एक सर्भेक्षणले देखाएको छ । सर्भेक्षण अनुसार अक्टोबरमा बेलायत यूरोपेली संघ (इयू) बाट

बेलायतमा हाइक फर नेपाल सम्पन्न 

लन्डन । ‘नेपाल भ्रमण वर्ष’ २०२० प्रर्वद्धन हेतु बेलायतको वेल्समा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ । ‘हाइक फर नेपाल’ भनिएको कार्यक्रमले संयुक्त अधिराज्यको उक्त ठाउँलाई करिब चारघण्टा नेपालमय बनायो

बेलायतको आर्थिक वृद्धिमा थप कमी आउने

लण्डन, बेलायत । बेलायतको यूरोपेली यूनियन (इयू) बाट हुने भनिएको बहिर्गमन (ब्रेक्जिट)बारे अन्योल छाइरहेका समय बैंक अफ इङ्ल्याण्डद्वारा सन् २०१९ र २०२० का लागि यस पहिले गरेको प्रक्षेपणभन्दा पनि आर्थिक

ब्रेक्जिट एउटा ‘बृहद् आर्थिक अवसर’ हो : प्रधानमन्त्री जोन्सन

म्यानचेस्टर । ब्रेक्जिट एउटा ‘बृहद् आर्थिक अवसर’ भएको तर आफ्ना पूर्ववर्ती टरिजा मे ले यसलाई समात्न नसकेको बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार म्यानचेस्टरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताएका


z