• २०८१ बैशाख १४ शुक्रबार

राज्य सत्ता परिवर्तन भएन अनुहार मात्र फेरियो – प्रदीप गिरी 

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप गिरीले अहिले देशमा राज्य सत्ता परिवर्तन नभएर अनुहार मात्र बदलिएको टिप्पणी गरेका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा बाढी पहिरो सम्बन्धि वार्व्जनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद गिरीले यत्रो परिवर्तन हुदा पनि राज्य सत्तामा परिवर्तन नभएको जिकिर गर्दै केबल अनुहार मात्र परिवर्तन भएको बताए ।

गिरीले भने, 'कुन कारणले नेपालमा दिर्घकालिन जनयुद्ध भएको थियो ? के त्यो जनयुद्धले यो राज्य सत्तालाई बदलेको छ । राज्यसत्ताको रुपान्तरणको कुरा छोडिदिनुस्, हस्तान्तरण पनि बह्येको छैन । केहि अनुहार मात्र परिवर्तन भएका छन् । सभामुखका, गृहमन्त्रीका, प्रधानमन्त्रीका । त्यसैले त्यस राज्य सत्ताका बारेमा विचार नगरुन्जेल बाढी बारम्बार आउछ ।'

प्रधानमन्त्री संसदमा उपस्थित नभएको प्रति कटाक्ष गर्दै गिरीले के सरकार संसदलाई सामना गर्न तयार छ ? प्रधानमन्त्री आफैले कति पटक संसद छल्न खोजेको होइन ? भन्दै प्रधानमन्त्री संसदमा उपस्थिति नभएको आरोप लगाएका थिए । संसद गिरीएल पटक पटक प्रतिपक्षले संसद अवरुद्ध गरेर गलत अभ्यास गरेको समेत बताए ।   

नेता गिरीले कुनै पनि समस्या के कारणले उत्पन्न भएको हो भन्ने विषयको समस्याका ति कारणको निराकरण नहुन्जेल समस्या बारबार आइरहने बताउदै उनले यो सरकारको यस्तो व्यवहारले फेरी पनि बाढी आइरहने बताए ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै