खोलाले बगाएर बालकको मृत्यु

खरीबोट
ad

नुवाकोट । पौडी खेल्ने क्रममा तादी खोलाले बगाएर सात वर्षीय बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका–३ राउतबेँसीका डुबसङ मोक्तान रहेका छन् । 

समुन्द्रटारस्थित तादी खोलामा साथीसँग पौडी खेल्न गएका मोक्तानको खोला छेउमा रोकिराखेको बा४ख ६३१३ नंं को मिनीट्रक धुने क्रममा बिहीबार बगाएका थिए । खोजी गर्ने क्रममा आज उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो । 

शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ । 

सम्बन्धित समाचार

कुन्बाङ खोला जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता

काठमाडौं । सुस्मित इनर्जीले निर्माण गर्न लागेको कुन्बाङ खोला जलविद्युत आयोजनाको विजुली खरिद गर्न विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको छ ।  सम्झौता पत्रमा आयोजना प्रबर्धक सुस्मित इनर्जी प्राइभेट लिमिटेडका

सल्यानमा खोलाले बगाएर दुई बालबालिकाको मृत्यु

सल्यान । सल्यानमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–६ मलिवाङ्ग निवासी दुर्गा केसीका छोराछोरीलाई स्थानीय मलिवाङ्ग खोलाले शनिबार बेलुका बगाउँदा मृत्यु भएको हो । मृत्यु हुनेमा केसीका

खोलाले बगाउँदा ताइवानका पर्यटक बेपत्ता

कास्की। पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेका एक विदेशी पर्यटकलाई खोलाले बगाएको छ ।  ताइवानका ६६ वर्षीय हुई जू चिइन अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा शुक्रबार दिउँसो ३ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११

थुनिएको बाग्लुङको बडिगाड खोला बग्न थाल्यो, जोखिम कम हुदै 

गुल्मी। पहिरोका कारण ६ घण्टादेखि थुनिएको बाग्लुङको बडिगाड खोला ओभरफ्लो भएर बग्न थालेपछि खोला किनारका बस्तीमा जोखिम कम भएको छ । खोला थुनिँदा हजारौँ घर जोखिममा परेका थिए । बागलुङको