काठमाडौँ । चर्चित जोडि नायक पल शाह र नायिका आँचल शर्माको अभिनय तथा नृत्य रहेको ''नाचौँ छम छम'' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चर्चित संगीतकार कमल अधिकारी तथा गायिका मेलिना राईको स्वर रहेको उक्त गीतमा "तिमी हासेको पल" बोलको गितबाट चर्चा कमाएका गितकार तथा उपन्यासकार हरि कटुवालको शब्द रहेको छ ।
भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने प्रख्यात छायाँङ्कार अर्जुन तिवारीले छायाँङ्कन गरेका हुन। गीतमा कमल अधिकारीको संगीत सम्योजन रहेको छ ।
गीतकार हरी कटुवालको शब्द र सङ्गीगितकार कमल अधिकारीको सङ्गितमा यसभन्दा "तिमी हाँसेको पल" बोलको गीतले निकै लोकप्रिय भएको थियो ।
''नाचौँ छम छम'' गीतको म्युजिक भिडियो :