मालपोतका नासु र लेखनदास घुससहित पक्राउ

खरीबोट

लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा आज मालपोत कार्यालय सिरहाका नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको छ । 

गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीबाट खटिएको टोलीले छड्के जाँच गर्दा घुससहित मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश ठाकुर र त्यही कार्यालयमा लेखापढी व्यवसाय गर्ने राजवंशी चौधरीलाई पक्राउ गरेको हो ।

मोहीको लागत पट्टावापत सेवाग्राहीबाट रु पाँच हजार रकम लेखनदास चौधरीमार्फत नासु ठाकुरले लिएकाले घुससहित दुबैलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।
 

सम्बन्धित समाचार

वन अधिकृत घुससहित पक्राउ

बर्दिया(बाँसगढि) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बाँसगढी वन सब डिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत अनिलकुमार गुप्तालाई घुससहित पक्राउ गरेको छ ।  अख्तियारको बुटवलको टोलीले सेवाग्राहीसँग १० हजार घुस लिँदै

मनमैजु मालपोतका कार्यालय सहयोगी र जग्गा कारोबारी घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी कान्छा भण्डारीलाई घुससहित पक्राउ गरेको छ । अख्तियारका अनुसार कार्यालय सहयोगी भण्डारी र जग्गा कारोवारी ईश्वर केसीले बैंक

मालपोत अधिकृत घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवरलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले अधिकृत कुवँरलाई ५९ हजार घुससहित मंगलबार पक्राउ गरेको हो ।

बनेपा नगरपालिकाका सव-इन्जिनियर घुस रकमसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिकाका स्व इन्जिनियर आकाश श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ । अख्तियारले बनेपा नगरपालिका वडा नं.११ काभ्रेका सव-इन्जिनियर आकाश श्रेष्ठले २०७२ सालको महाभूकम्पले पूर्ण क्षति


z