• २०८१ बैशाख १४ शुक्रबार

किन भयो दिया मिर्जाको डिभोर्स ? यस्तो छ कारण

kharibot

कनिका ढिल्लोन र दिया मिर्जा

मुम्बई । बलिवुड अभिनेत्री दिया मिर्जाले अचानक आफ्ना पतिसँग डिभोर्स दिनुको कारणको खुलासा भएको छ ।

बलिवुडमा पछिल्लो समय पटक कथा लेखनमा खास पहिचान बनाएकी लेखिका कनिका ढिल्लोनसँग आफ्ना पति साहिल साँगाको सम्बन्ध बारे थाहा पाएपछि दियाले डिभोर्स गरेको खुलासा भएको हो ।

बलिवुडमा अहिले रिलिज भइरहेको कंगना रनावत र राजकुमार रावको फिल्म जजमेन्टल है क्या रिलिज भैरहेका बेला फिल्मका निर्देशक समेत रहेका प्रकाश कोवालामुदीकी पत्नी कनिकाको साहिलसँगको सम्बन्ध बारे खुलासा भएको हो ।

भारतीय मिडियाहरुले कनिका पनि आफ्ना निर्देशक पति प्रकाशसँग अलग भएको रिपोर्ट प्रकाशित गरेका छन् । दियाले सामाजिक संजालबाट आफु आफ्ना पतिसँग सहमतिमा अलग भएको घोषणा गरेको केहि समयमा नै कनिका र प्रकाश पनि अलग भएको रिपोर्ट बाहिर आएको थियो । कनिकाले पछिल्लो समय केदारनाथ, मनमर्जियासहित शाहरुख खानको फिल्म र वानको समेत पटक कथा लेखेकी थिइन् ।

करिब ६ बर्षको अफ्येर्स र ५ बर्षको वैवाहिक जीवनलाई दियाले विहिबार अचानक अन्त्य भएको घोषणा गर्दा बलिवुड र बलिवुडप्रेमीहरु तरंगित भएका थिए । मिडिया रिपोर्टमा दियाको पट पटकको चेतावनी पछि पनि साहिल कनिकासँग टाढा हुन नसकेपछि उनले डिभोर्सको निर्णय गरेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै