• २०८१ बैशाख १४ शुक्रबार

म्यानचेस्टर युनाइटेडमा जान डिबालालाई रोनाल्डोको सल्लाह !

kharibot

काठमाडौँ । अर्जेन्टिनी फुटबलर पाउलो डिबाला प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने तयारीमा रहेका छन् ।

युभेन्टस र युनाइटेडका बिचमा डिबाला र रोमेलु लुकाकुका विषयमा सहमति हुन् लागेको बताइएको छ ।

लुकाकु युभेन्टस जाने लगभग तय भएको छ भने डिबालाको विषय भने अझै निर्णय हुन् बाँकि रहेको छ । डिबालाले युनाइटेडमा प्रतिसाता साढे ३ लाख पाउण्ड पारिश्रमिक माग गरेको बताइएको छ ।

डेली मेलका अनुसार क्रिस्टियानो रोनाल्डोले डिबालालाई युनाइटेड जान सल्लाह दिएको उल्लेख गरेको छ ।

क्लबको ह्वाट्स एप ग्रुपमा डिबालाले सम्भावित युनाइटेड ट्रान्सफरका बारेमा सहकर्मी खेलाडीहरुसँग सल्लाह मागेको र रोनाल्डोले युनाइटेड जाने अवसर नगुमाउन सल्लाह दिएको डेली मेलले उल्लेख गरेको छ ।

२५ बर्षिय डिबालाले रोनाल्डोको सल्लाहलाई मनन गर्दै युनाइटेड जाने सोच बनाएको रिपोर्टमा उल्लेख गरिएको छ ।

रोनाल्डो युभेन्टस गएपछि डिबाला युभेन्टसका सबै खेल खेल्ने अवसर पाएका छैनन् । पछिल्लो चार बर्षमा युभेन्टसमा १८२ खेलमा ७८ गोल गरेका डिबालाको अघिल्लो सिजन खराब भएको थियो । डिबालाले गत सिजन ४२ खेलमा केवल १० गोल गरेका थिए ।                              
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै