छात्रवृत्तिमा अध्ययन गरेकालाई परिचालन गर्न समिति गठन

खरीबोट

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीलाई परिचालन गर्ने सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज मन्त्रिस्तरीय निर्णय गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा भीमप्रसाद सुवेदीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेका हुन् ।

समितिले आंशिक तथा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ती ऐन–२०२१ तथा छात्रवृत्ति सम्बन्धी नियमावली–२०६० बमोजिम अध्ययन समाप्ति पश्चात सरकारले खटाएको स्थानमा अनिवार्य रुपमा सेवा गर्नुपर्ने गरी राष्ट्रलाई आवश्यक परेका विषय क्षेत्रमा जनशक्ति परिचालन गर्ने गराउने सम्बन्धमा अध्ययनगरी एक महीनाभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्ने छ ।

यसैगरी समितिका अन्य सदस्यमा सबै विश्वविद्यालयका रजिष्ट्रार, राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सहसचिव, अर्थ मन्त्रालयका सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उच्चशिक्षा महाशाखाका सहसचिव र प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखाका सहसचिव सदस्य रहेका छन् ।

सरकारले खटाएको स्थानमा अनिवार्य रुपमा सेवा गर्नुपर्ने गरी राष्ट्रलाई आवश्यक परेका विषय क्षेत्रमा जनशक्ति परिचालन गर्ने गराउने सम्बन्धमा अध्ययनगरी सुझावसहितको प्रतिवेदन तयार गर्न सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

स्वास्थ्य शिक्षाका विषय बाहेकका कृषि, इञ्जिनीयरिङ्ग वन, पशु, विज्ञानलगायतका प्राविधिक विधातर्फका शैंक्षिक कार्यक्रममा विश्वविद्यालयले आफैंले नियम, विनियम तथा कायविधि निर्माणगरी तोकिएको सख्यामा पूर्ण, आंशिक तथा निःशुल्क रुपमा छात्रवृत्ति प्रदान गरिरहेको भए पनि सरकारले खटाएको स्थानमा सेवा गर्नुपर्ने गरी कबुलियतनामा गराई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था हालसम्म कार्यान्वयन भएको पाइदैन ।

मन्त्रिपरिषदबाट स्वीकृति भई कार्यान्वयनमा रहेको ‘निजी लगानीमा सञ्चालन गरिएको प्राविधिक महाविद्यालय (कलेज-क्याम्पस) सम्बन्धमा बनेको आधारभूत नीति, २०६३’ मा प्राविधिक महाविद्यालय सञ्चालन गर्ने संस्थाले २० प्रतिशत निःशुल्क छात्रवृत्ति कोटा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।
 

सम्बन्धित समाचार

एमबिबिएससहित चिकित्सा शिक्षाको प्रवेश परीक्षाको नयाँ मिति तोकियो 

काठमाडौँ । चिकित्सा अध्ययन संस्थानले चिकित्सा शिक्षाअन्तर्गतका एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, बिपिएचको प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने जनाएको थियो ।  संस्थानको आज बसेको स्नातक

शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

काठमाडौँ । ‘‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले

विद्यालय शिक्षामा पहुँच विस्तार : गुणस्तरमा अपेक्षाकृत सुधार भएन

काठमाडौँ । मुलुकको विद्यालय शिक्षामा बालबालिकाको पहुँच विस्तार भए पनि गुणस्तरमा भने अझै आशातित सुधार हुन सकेको छैन । शिक्षा क्षेत्रको विकासका लागि विगतमा सबैका लागि शिक्षा, सहस्राब्दी विकास लक्ष्य,

निर्धारित मितिमा चिकित्सा शिक्षाको प्रवेश परीक्षा सञ्चालन गर्न आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा शिक्षाका प्रवेश परीक्षा तोकिएको मितिमा सञ्चालन गर्न सबैसँग आग्रह गरेको छ ।  मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले आज विज्ञप्ति


z