काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारले नायव सुब्बा सिहबहादुर कुँवर र खरिदार नरराज पाण्डेले लम्की चुहा नगरपालिका र जानकी गाँउपालिका स्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलीपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग ८ हजार रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।