खाल्डोमा डुबेर दुई मजदुरको मृत्युपछि एक्साभेटरमा आगलागी

खरीबोट

धादिङ । खोलामा एक्साभेटरले खनेको खाडलमा परेर हराएका गजुरी नगरपालिका–६ का दुई मजदूरको शव फेला परेको छ ।

खोला तथा नदीमा ठूला मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने नियम विपरीत दरिङ्गाल खोलाबाट अवैध रुपमा प्रयोग भएका मेसिनले बनाएका खाडलमा परेका चार जनामध्ये दुई जना हराइरहेका थिए । 

हराइरहेका गजुरी गाउँपालिका–६ निवासी १८ वर्षीय भीमबहादुर स्याङ्तान र २३ वर्षीय सुमन स्याङतानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैद्धवारले बताए ।

खोलामा एक्साभेटरले खनेको खाल्डोमा परेर उनीहरुको ज्यान गएपछि आक्रोशित भएका गाउँवासीले सो खोलामा भएका तीन एक्साभेटर जलाएका छन् ।

आक्रोसित गाउँवासीले उचित क्षतिपूर्ति दिनुपर्ने, खोलामा मेसिन हाल्न बन्द गर्नुपर्ने र खोलामा मेसिन लगाउनेलाई कारवाहीको माग गर्दै पदर्शन गरेका छन् ।

यस वर्षदेखि दरिङ्गाल खोलामा एस्काभेटर लगायतका ठूला मेसिन प्रयोग गरेर बालुवा झिक्ने गरेपछि मजदूर विस्थापित भएका थिए । जोखिम मोलेर बालुवा झिक्न गएका बेला उनीहरु गहिरो खाडलमा फसेपछि हराएका थिए ।

सम्बन्धित समाचार

चितवनको वाणिज्य बैंक भवनमा आगलागी

भरतपुर । राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७:३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका

बंगलादेशको सुकुम्बासी बस्तीमा भीषण आगलागी, ५० हजार घरबारविहीन

बंगलादेश । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट ५० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् । ढाका नजिकको मिरपुरमा शुक्रबार रातिको भएको यस आगलागीबाट जस्तापाताले छाएका करिब १५

लमहीको फर्निचर उद्योगमा आगलागी, ६५ लाखको क्षति

दाङ । दाङको लमही नगरपालिका–५ स्थित  विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ ।  उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै

खाल्डोमा डुबेर दुई मजदुरको मृत्युपछि एक्साभेटरमा आगलागी

धादिङ । खोलामा एक्साभेटरले खनेको खाडलमा परेर हराएका गजुरी नगरपालिका–६ का दुई मजदूरको शव फेला परेको छ । खोला तथा नदीमा ठूला मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने नियम विपरीत दरिङ्गाल


z