राप्रपाले तेश्रो चरणको स्वाभिमान यात्रा गर्ने 

खरीबोट

काठमाण्डौ । राष्टिय प्रजातन्त्र पार्टीले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बाँकी रहेका जिल्लाहरुमा क्रमशः स्वाभिमान यात्रा संचालन गर्ने भएको छ ।

यस क्रममा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा आगामी भाद्र २३ गते बाट यात्रा शुरु गरिने निर्णय भएको छ । आज राप्रपा प्रदेश नं. ३ का अध्यक्ष विक्रम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले आगामी भाद्र २३ गते सिन्धुलीबाट यात्रा शुभारम्भ गरी २५ गते काभ्रेपलाञ्चोकमा समापन गर्ने प्रारम्भिक तालिका तय गरिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यस अघि पहिलो चरणमा मेची–महाकाली, दोश्रो चरणमा मुक्तिनाथ देखि गोरखनाथ सम्म यात्रा सम्पन्न भईसकेको छ भने अहिले तेश्रो चरणको यात्राको तयारी गरिएको छ । तेश्रो चरणको यात्रा पछि बाँकी जिल्लाहरुको यात्रा दशैं र तिहारको विचमा हुने पार्टीका प्रवक्ता सुशील श्रेष्ठले बताए ।

बैठकको निर्णय र यात्रा तालिका बारे पार्टी अध्यक्ष कमल थापालाई आजै जानकारी गराईएको र थापाले यात्रालाई व्यवस्थित र प्रभावकारी बनाउन चुस्त ढंगले कार्य अगाढी बढाउन निर्देशन दिएको सहायक महामन्त्री बर्तौलाले जानकारी दिए ।

बैठकमा यात्रा संचालन हुने जिल्लाका केन्द्रीय पदाधिकारी, सदस्यष एवं प्रदेश साँसद रिता माझीको उपस्थिति रहेको थियो ।
 

सम्बन्धित समाचार

काँग्रेस-कम्युनिस्ट चल्ने राप्रपा नचल्ने हुदैन- राजेन्द्र लिङ्देन

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एबं सांसद राजेन्द्र लिङ्देनले काँग्रेस-कम्युनिस्ट यो मुलुकमा चल्ने राप्रपा नचल्ने हुदैन भन्दै धर्म, संस्कृती बिकास र समृद्धिको पक्षमा कृयाशिल राप्रपा स्थापित भएरै छाड्ने दृढता

राप्रपा (संयुक्त)को केन्द्रीय समिति बैठक भदौ १९ मा

काठमाडौँ । राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक भदौ १९ र २० गते काठमाडौँमा बस्ने भएको छ । पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले आज जारी गर्नुभएको प्रेस

दोलखाका युवा व्यवसायी सुरेशचन्द्र खडका राप्रपामा 

काठमाडौँ । राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पुर्वमन्त्री बुद्धिमान तमाङले दोलखाका युवा व्यवसायी सुरेशचन्द्र खडकालाई राप्रपामा स्वागत गरेका छन् ।  राप्रपा केन्द्रीय कार्यालय धुम्वाराहीमा खडकालाई स्वागत गर्दै तामाङले राष्ट्रवादी पार्टी राप्रपामा सक्रिय

प्रशिक्षकलाई थापाको निर्देशन, 'पार्टी बारेको भ्रम र एजेन्डा बारेको अफबाह चिरौ'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यकर्ताहरुको मनोबल उच्च राख्न देशभर सघन रूपमा  प्रशिक्षण संचालन गर्न केन्द्रिय प्रशिक्षकहरुलाई निर्देशन दिएका छन् । केन्द्रिय प्रशिक्षक र पदाधिकारीहरुको संयुक्त बैठकलाई आज


z