नेपालगञ्जमा बकर इदको रमझम

खरीबोट

नेपालगञ्ज । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ ।

बकर इदका अवसरमा बिहान यहाँको विपी चोकस्थित इदगाहमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसहित हजारौँको सङ्ख्यामा उपस्थित भई मुसलमान समुदायले सामूहिक नमाज (प्रार्थना) गरेका छन् ।

इदगाहमा जम्मा भएका हजारौँ मुसलमान समुदायले मुलुकमा अमनचैन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेको मुसलमान अगुवा समसुद्दीन सिद्दिकीले जानकारी दिए ।

बकर इदको रमझम मुख्यगरी नेपालगञ्ज नगरमा देखिएको छ । नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान–प्रदान गरिएको छ । शहरी विकास मन्त्री राईले बकर इदको सम्पूर्ण देशवासीमा शुभकामनासमेत व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना गरेका छन् ।

बकर इदको शुभकामना आदानप्रदानका लागि गैरमुसलमान धर्मावलम्बीहरु पनि इदगाह पुगेका थिए । मुसलमान अगुवा सिद्दिकीका अनुसार तीन दिनसम्म मनाइने यो पर्वमा हज र कुर्वानी (बलि) दिनुपर्ने प्रमुख विशेषता रहेको छ । बकर इदमा इस्लाम धर्मावलम्बीका लागि हज र कुर्वानी अनिवार्य भएकाले मुसलमान समुदायले इदगाहमा नमाज पढेपछि दक्षअनुसारको पशु बलि कुर्वानी दिने प्रचलन रहेको छ ।

सम्बन्धित समाचार

नेपालगञ्ज विमानस्थल स्तरोन्नतिको गुरुयोजना अलपत्र

बाँके । सरकारले स्तरोन्नतिका लागि नेपालगञ्ज विमानस्थलको गुरुयोजना बनाएको वर्षौँ बितिसकेको छ । तर, योजनाअनुसार अहिलेसम्म कुनै काम हुनसकेको छैन । विमानस्थलमा स–साना काम नहुँदा जहाज अवतरणस्थल (रनवे)मा बेलाबखतमा समस्या

नेपालगञ्जको ‘उपमहानगर उज्यालो अभियान’ अनिश्चित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको ‘उपमहानगर उज्यालो अभियान’ कार्यक्रम अनिश्चित बनेको छ। काठमाडौँ इनर्जी कम्पनीले सम्झौता अनुरुप काम सम्पन्न गर्न नसकेपछि कार्यक्रम अन्यौलमा पर्न गएको हो।  नेपालगञ्जको बिपी चोकमा जडान गरिएको उच्च क्षमताको

नेपालगञ्जमा कारागारको सुरक्षा चुनौती

नेपालगञ्ज । नेपालगञ्जको मानवबस्तीको बीचमा रहेको बाँके जिल्ला कारागारको सुरक्षा चुनौती र बस्ती क्षेत्रका स्थानीयको सुरक्षासम्बन्धी चिन्ता बढ्दै गएको छ। कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० सालमा स्थापना गरिएको यो कारागारलाई

नेपालगञ्जमा शौचालय जान चियाको बहाना

बाँके । नेपालगञ्जको न्यूरोडमा सामान किन्दै भएका बर्दिया बाँसगढी नगरपालिका–५ का मनबहादुर भण्डारीलाई पिसाब लाग्यो, न शहरमा चिनेजानेको पसल छ, न त कोही आफन्त नै छ। उनी हतारमा एउटा चिया


z