• २०८१ बैशाख १४ शुक्रबार

आन्दोलनले हङकङ विमानस्थलका सबै उडान रद्द 

kharibot

हङकङ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने सबै उडान रद्द भएका छन् । सरकारको विरुद्धमा भइरहेको आन्दोलन चौथो दिनमा पनि निरन्तर चलिरहेसँगै उडान रद्द गरिएको हो । 

विश्वकै व्यस्त विमानस्थलमध्ये एक हङकङ विमानस्थलमा हाल हजारौं यात्रुहरु जम्मा भएका छन् । 

आन्दोलनका कारण हङकङबाट प्रस्थान गर्ने सबै उडान अनिश्चित कालका लागि रद्द गरिएको हङकङको विमान प्राधिकरणका एक अधिकारीले बताएका हुन् । 

प्राधिकरणले सर्वसाधारणलाई विमानस्थलमा नआउन र भएकालाई फर्केर जान समेत सुझाएको छ । 

हङकङले सुपुर्दगी विधेयक ल्याएको करीब दुई महिनापछि अचानक आन्दोलन चर्किएको हो । 

विशाल जनसभामा परिणत भएको आन्दोलन रोकिने अवस्थामा नरहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

गत आइतवार भएको आन्दोलनमा प्रहरीले प्रहार गरेको टेयर ग्यास र रबरको गोलीले धेरै आन्दोलनकारी हताहत भएका थिए भने केहीको अवस्था निकै गम्भीर रहेको पनि बताइएको छ । एजेन्सी

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै