नेप्से ५ दशमलव १७ अंक घट्यो

खरीबोट

काठमाडौ । नेप्से सूचक तथा कारोबार रकम दुुबै घटेकाछन । नेप्से सूचक आज पाँच दशमलव १७ अंकले घटेर १२ सय २५ दशमलव ९० विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २२ अंकले घटेर दुुई सय ६५ दशमलव ९३ विन्दुुमा झरेको छ । 

एक सय ६९ कम्पनीहरुको आठ हजार ४८ वटा कारोबारमा १० लाख ६९ हजार छ सय ९० कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम २५ करोड ७२ लाख ८५ हजार एक रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज १२ वटा समूहको कारोबार भएकोमा लघुुवित्त समूहको सूचक बढे पनि बाँकी ११ वटा समूहको सूचक भने घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव ४९ अंकले घटेर ११ सय चार दशमलव ७८ विन्दुुमा झर्दा विकास बैंक समूहको सूचक पनि शुन्य दशमलव ५२ अंकले घटेर १५ सय ८८ दशमलव २३ विन्दुुमा झरेको छ । 

जलविद्युुत् समूहको सूचक पनि सात दशमलव १३ अंकले घटेर एक हजार ९२ दशमलव पाँच विन्दुुमा झर्दा निर्जीवन बीमा समूहको सूचक पनि १० दशमलव ३६ अंकले घटेर चार हजार आठ सय ७६ दशमलव ७१ विन्दुुमा झरेको छ । यीबाहेक जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् ।  

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको विजय लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ २६ पैसाले बढेर छ सय १२ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ३० पैसाले घटेर एक सय सात रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी, बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता ३ सय २४ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड १० लाख ६२ हजार पाँच सय ४१ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित समाचार

नेप्से १२ सय १३ बिन्दुमा : एक अर्ब ५४ करोडको कारोबार

काठमाडौ । यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) मा एक सय ७३ कम्पनीहरुको ३५ हजार आठ सय १५ वटा कारोवार भएकाछन । जसअनुसार ६१ लाख पाँच सय ५९  कित्ता

नेप्से सामान्य अंक घट्यो, चार समूहले कमाउँदा आठले गुमाए

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से शून्य दशमलव ९९ अंकले घटेर १२ सय १३ दशमलव छ विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स

नेप्सेमा शून्य दशमलव ४२ अंक सुधार

काठमाडौं । अघिल्लो दिन घटेको नेप्से आज भने बढेको छ । साताको चौथो कारोबार दिन आज बुुधबार नेप्से शून्य दशमलव ४२ अंकले बढेर १२ सय १४ दशमलव शून्य पाँच विन्दुुमा

नेप्सेमा दोहोरो अंकले गिरावट, १० समूहको सूचक घट्दा दुुईको बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से दोहोरो अंकले घटेको छ । नेप्से आठ दशमलव ४३ अंकले घटेर १२ सय १३ दशमलव ६३ विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक


z