• २०८१ बैशाख १५ शनिबार

मुक्तिनाथ विकास बैंकको सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि 

kharibot

काठमाडौँ मुक्तिनाथ विकास बैंक लिमिटेडले आव ०७५-०७६ मा रु. १ अर्ब २२ करोड सञ्चालन मुनाफा हासिल गरेको छ ।

बैंकले आव २०७५-०७६ मा रु ४६ अर्ब १३ करोड निक्षेप संकलन र रु ३७ अर्ब ९५ करोड कर्जा लगानी गरेको छ । विकास बैंकको माझमा यस विकास बैंकको उत्साहजनक बृद्धि र उत्कृष्ठ प्रतिफल देखिएको हो ।

बैंकले निक्षेप तर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रति सेयर आम्दानी रु २७.८४ रुपैया रहेको छ ।

बैंकले आफूलाई विकास बैंकको माझमा नियमित कारोबारबाट नै सञ्चालन मुनाफा रु १ अर्ब २२ करोड गरी निक्षेप र कर्जा तर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

गत वर्षहरुको उपलब्धिलाई निरन्तरता दिंदै आगामी वर्षहरुमा थप सेवा सुविधा बृद्धि गर्दै लैजाने बैंकले लक्ष्य लिएको छ ।

हाल बैंकले ११८ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको समेत बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै