साहोका लागि प्रभासले लिए सय करोड !

खरीबोट

मुम्बई । अहिले बाहुबली फेम स्टार प्रभासको चर्चा बढिरहेको छ ।

बाहुबलीका दुई सिरिज पछि उनको पहिलो फिल्म साहो रिलिजको संघारमा रहेको छ । साहोको हालै सार्वजनिक गरिएको एक्सन प्याक ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाएको छ । आम दर्शकका साथै फिल्म विश्लेषकहरुले पनि यसलाई मन पराएका छन् ।

यसैबीच साहोका लागि प्रभासले लिएको भनिएको फिस अहिले चर्चाको विषय बनेको छ ।  प्रभासले साहोका लागि सय करोड लिएको चर्चा अहिले बलिवुडमा व्यापक रहेको छ । करिब २ बर्ष लागाएर बनाइएको यो फिल्म हिन्दीसहित तलेगु, तामिल र मलायलम भाषामा बनेको छ । २५० देखि ३ सय करोड लगानी भएको यस फिल्ममा प्रभासले सय करोड लिएको बताइए पनि प्रभासले भने आफुले लिने फिसमा २० प्रतिशत कम फिस लिएको बताएका छन् ।

हालै फिल्म प्रमोशनका क्रममा दिएको एक अन्तर्वार्तामा प्रभासले आफ्नो फिस बारे चर्चा गर्दै अन्य फिल्ममा लिने फिस भन्दा यस फिल्ममा २० प्रतिशत कम लिएको बताए ।  उनले फिल्मको बजेट र फिल्मले कति कमाउछ भन्ने नहेरी मैले कसरी धेरै पैसा लिन सक्छु भन्दै निर्माताले दिन तयार हुदा पनि आफुले कम पैसा लिएको बताएका छन् । 

मिडिया रिपोर्टका अनुसार यस फिल्ममा प्रभासले फिस बाहेक नाफामा पनि सेयर लिने सम्झौता भएको बताइएको छ । बाहुबली पछि अत्याधिक चर्चामा आएका प्रभासको फिल्म साहो बलिवुडको अति प्रतिक्षित फिल्म मध्येको एक फिल्म हो ।

आगामी अगष्ट ३० मा रिलिज हुने यो फिल्ममा प्रभासको अपोजितमा श्रद्धा कपुर रहेकी छन् । त्यस्तै यस फिल्ममा जैकी श्राफ, चंकी पाण्डे र निल नितिन मुकेशको पनि प्रमुख भूमिका रहेको छ । यस फिल्मलाई दक्षिण भारतीय फिल्म निर्देशक सुजिथले निर्देशन गरेका हुन् ।        
 

सम्बन्धित समाचार

आयुष्मानको 'ड्रिम गर्ल' को बक्स अफिसमा जादु  

काठमाडौँ । बलिवुडमा गत शुक्रबार देखि रिलिज भएको अभिनेता आयुष्मान खुरानाको फिल्म ड्रिम गर्ल अहिले निकै चर्चामा रहेको छ । फिल्मले रिलिजको तीन दिनमा ४४ करोड ५७ लाख कमाई गर्दै तीन

बलिवुडमा सय करोड क्लबमा कसका कति फिल्म ? अक्षयकुमार सबैभन्दा अगाडी

काठमाडौँ । बलिवुड अभिनेता अक्षयकुमार सबै भन्दा बढी सय करोड  कमाई गर्ने अभिनेता हुन् । अक्षयका अहिलेसम्म ११ वटा फिल्मले भारतीय बक्स अफिसमा सय करोडभन्दा बढी कमाई गरेका छन् । यसैबीच

मिशन मंगलको बम्पर कमाईपछि बक्स अफिसमा अक्षयकुमारको नयाँ रेकर्ड

मुम्बई । बलिवुडका खेलाडी कुमार उपनामले चर्चित अक्षयकुमारको गत अगष्ट १५ मा रिलिज फिल्म मिशन मंगलले दुई सय करोडको कमाई गरेको छ । मिशन मंगल अक्षयकुमारको क्यारियरकै अहिलेसम्म २ सय करोड

अभिनेत्री सन्नी लियोन काठमाडौँमा

काठमाडौँ । बलिवुड अभिनेत्री सन्नी लियोन विहिबार काठमाडौँ आएकी छन् । उनले आइटम गीतमा नृत्य गरेको फिल्म पासवर्डको प्रिमियरमा सहभागी हुन सन्नी काठमाडौँ आएकी हुन् । सन्नीले विहिबार साँझ कुमारी हलमा


z