• २०८१ बैशाख १४ शुक्रबार

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

kharibot

काठमाडौँ ।  वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार निधन भएको हो ।

६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु गरेकी अधिकारीले मनको बाधबाट ठुलो पर्दामा अभिनय सुरु गरेकी थिइन् । चिनो, कन्यादान, भाउजुजस्ता फिल्ममा सुभद्राले गरेका जीवन्त अभिनयका लागि उनलाई सम्झिने गरिन्छ ।

उनले सयौं चलचित्र र टेलिचलचित्रसहित नाटक, गीतिनाटक र भिडियोफिल्ममा काम गरेकी छन् ।   

विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । 

उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार अधिकारीलाई साढे १२ बजेसम्म उनकै निवास स्वम्भ्युमा श्रद्धान्जली दिने र ३ बजे पशुपतिमा अन्त्येष्टि गरिने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै