• २०८१ बैशाख १४ शुक्रबार

जीप दुर्घटनामा रुपन्देहीका पत्रकारको मृत्यु 

kharibot

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको स्कार्पियो जीप सप्तरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साह चोकमा जीप दुर्घटना हुँदा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतक अधिकारी रेडियो नेपालका बुटवल संवाददाता हुन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१६च २२३५ नम्बरको जीपमा ५ जना यात्रु सवार रहेका प्रहरी असई सचितानन्द यादवले बताए । उनका अनुसार जीपमा सवार अन्य यात्रु सामान्य घाइते भएका छन् ।

घाइतेको विराटनगरस्थित नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै