• २०८१ बैशाख १४ शुक्रबार

पेस्तोल र गोलीसहित नागढुङ्गाबाट पक्राउ

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सुरक्षा जाँच चौकीबाट हतियार र गोलीसहित आज एक जना पक्राउ परेका छन् ।

ललितपुरका २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई स्वचालित पेस्तोल दुई थान र गोली २० राउण्डसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

धादिङबाट काठमाडौँ आउँदै गरेको बा२ख १९८० नंको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोलामा पेस्तोल र गोली फेला परेको हो ।

लामाको साथबाट बाइनाकुलर र पाँच मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाही तथा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ ल्याइएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै