• २०८१ बैशाख २६ बुधबार

दाङमा सवारी दुर्घटनामा दुईको मृत्यु

kharibot

दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको  लमही नगरपालिका–९ रिहारबाट पश्चिमतर्फ गइरहेको रा १ प ११३१ नंको  मोटरसाइकललाई  विपरीत  दिशाबाट आएको  ना ६ख ३४०३ नंको ट्रकले ठक्कर दिँदा आज दिउँसो गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–५ धर्नाका ४२ वर्षीय  विनोद बस्नेत र नेपालगञ्ज उपमहानगरपालिका–४ कारकादो बस्ने ४५ वर्षीय रमेश बस्नेत रहेका छन् ।

विनोदको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र  रमेशको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सवारी दुर्घटनामा संलग्न सो ट्रकलाई लमही–८ मा रहेको पाण्डेश्वर क्रसर उद्योगबाट नियन्त्रणमा लिइएको छ भने चालक हाल फरार रहेको र खोजी भइरहेको  दाङ प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै