• २०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधन गर्दैछन् । बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले समसामयीक विषयमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे पनि जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ओली हालै सिंगापुरमा उपचार गराएर फर्किएका थिए ।

युरोप भ्रमणपछि गत असार ३ गते संसदमा सम्बोधन गर्न खोजे पनि प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद् अवरोध गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको थियो ।

विपक्षीको अवरोधका कारण संसदमा बोल्न नपाएका प्रधानमन्त्रीले लगत्तै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै