• २०८१ बैशाख १५ शनिबार

विपत्तिमा त पर्नुभएको छैन ? प्रयोग गर्नुहोस् ह्वाटथ्रीवर्ड्स एप 

kharibot

बेलायत । प्रविधिको तीव्रतम विकास भएको यो २१औं शताब्दीमा हरेक क्षेत्रमा प्रविधिले आफ्नो पकड जमाइरहेको छ । प्रविधिकै एक उपज स्मार्टफोनले मानिसको दैनिक जीवनलाई निकै परिवर्तन गरिदिएको छ । यसको माध्यमले मानिसको जीवन निकै सहज भएको छ । यतिमात्र नभई सुरक्षाका लागि पनि अब स्मार्टफोनको प्रयोग बढ्न थालेको छ । अर्थात् प्रयोगकर्ताको सुरक्षालाई मध्यनजर गर्दै विभिन्न एपको निर्माण भइरहेको छ । आपत्कालीन अवस्थामा छिटो र सहज सेवा पाउन सकिने एउटा यस्तै एप ह्वाटथ्रीवर्ड्स नामक एपको प्रयोग गर्न केही देशका सुरक्षा नियामकले सुझाव नै दिन थालेका छन् । यो एपले धेरै मानिसको ज्यान पनि बचाइसकेको छ ।  

बेलायतको डरहामस्थित हामस्टर्ली जंगलमा घुम्न गएका गएका जेस टाइन्स्ली र उनका सार्थीहरूले बाटो बिराए । चिसो रातमा उनीहरू घना जंगलमा हराए । यो जंगल २ हजार हेक्टरमा फैलिएको छ । जंगलमा घुम्दाघुम्दै उनीहरूमा फर्किने आशा पनि हराइसकेको थियो । टाइन्स्लीका अनुसार उनीहरूलाई आफू कहाँ छु भन्ने कुराको कुनै भेउ थिएन । 

जंगलमा हिँड्दै गर्दा रातको साढे १० बजे उनीहरू मोबाइल नेटवर्क टिप्ने ठाउँमा पुगे । उनीहरूले प्रहरीलाई खबर गरे । प्रहरीले उनीहरूलाई ह्वाट्सथ्रीवर्ड्स एप डाउनलोड गर्न सुझाव दिए । यो एप डाउनलोड गरेको केही मिनेटमा नै प्रहरीले उनीहरू भएको स्थान पत्ता लगाए र उनीहरुलाई खोज्न शुरू गरे । त्यसअघि टाइन्स्लीले यो एपबारे सुनेकी पनि थिइनन् । 

‘‘म आफूले चिनेका सबै मानिसलाई यो एप डाउनलोड गर्न सुझाव दिन्छु,’ टाइन्स्लीले बीबीसीलाई भनिन्, ‘तपाईं कतै हराउनुभएको छ र कहाँ छु भन्ने कुरा तपाईंलाई थाहा छैन भने यसले सहयोग गर्छ ।’ 

ह्वाटथ्रीएपमा स्थान यकीन गर्न आवश्यक विन्दुको प्रयोग गरिएको हुन्छ । एप निर्माताले समग्र विश्वलाई ५७० खर्बओटा वर्गमा विभाजन गरेका छन् । एउटा वर्ग ३ मिटर लम्बाइ र ३ मिटर चौडाइको बनाइएको छ । प्रत्येक वर्गका लागि तीन फरक शब्दको समूह पनि दिइएको हुन्छ । 

यो एप निर्माता कम्पनीका संस्थापक क्रिस सेल्ड्रिक हुन् । उनले चिठी वा सामग्री कसैलाई पठाउँदा उत्पन्न हुने समस्याबाट पार पाउन यो एप निर्माण गरेका हुन् ।

उनका अनुसार पोस्टकोडले मानिसको घर भेट्टाउन निकै गाह्रो पथ्र्यो । त्यसैले आफ्नो चिठी वा सामग्री अर्कैको हातमा पर्ने वा सडकमा डेलिभरी गरिदिनेलाई संकेत गरिदिनुपर्ने अवस्था थियो । 

१० वर्ष संगीत उद्योगमा काम गर्दा पनि उनले कार्यक्रमस्थल पत्ता लगाउन संघर्ष गर्नुपर्ने अवस्था आयो । यसबाट उनी निकै निराश भए । यो समस्याको समाधानका लागि अक्षांश र देशान्तर रेखाको सहयोगमा स्थान पत्ता लगाउन सकिन्छ कि भन्ने उनलाई लाग्यो । त्यसपछि उनले यस किसिमको योजनालाई कसरी प्रयोगकर्तामैत्री बनाउने भन्ने विषयमा सोच्न थाले । 

यस्तैमा उनले एक गणितज्ञलाई भेटे । उनीहरूले प्रत्येक स्थानका लागि तीनओटा शब्दको कम्बिनेशन पर्याप्त रहेको निष्कर्ष निकाले । यसका लागि केवल ४० हजार शब्द पर्याप्त थिए । पश्चिमी लन्डनस्थित रोयल ओएकमामा रहेको कम्पनी सन् २०१३ मा शुरू गरिएको थियो र अहिले सयभन्दा बढी मानिसले त्यसमा रोजगारी पाएका छन् । 

एपको विशेषताकै कारण मंगोलियाले आफ्नो हुलाकी कामका लागि यो एप प्रयोगको निर्णय गरेको छ । त्यसैगरी, जर्मनीको कार निर्माता कम्पनी मर्सिडिज बेन्चले पनि आफ्नो कारको सिस्टममा यसको प्रयोग गरिसकेको छ । अहिले यो एप विभिन्न ३५ भाषामा उपलब्ध छ । 

यदि स्मार्टफोन प्रयोगकर्तासँग आपत्कालीन अवस्थामा एप छैन भने उनीहरूको फोनमा वेब लिंक पठाएर पनि सेवा दिन सकिन्छ । यसका लागि फोरजी कनेक्शन हुनु जरुरी छ । तर, आफू रहेको स्थानका लागि एपमा प्रयुक्त तीन शब्द कसैलाई बताउन भने फोनको सिग्नल चाहिँदैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय