• २०८१ बैशाख १४ शुक्रबार

आलियाकी साथी आकांक्षासँगको अफ्येर्समा क्रिकेटर केएल राहुल

kharibot

काठमाडौँ । भारतीय क्रिकेटर केएल राहुल खेलका कारण भन्दा अहिले अफ्येर्सका कारण बढी चर्चामा रहेका छन् ।

केहि समय अघि बलिवुड अभिनेत्री आतिया शेट्टीसँगको अफ्येर्सको चर्चापछि अहिले बलिवुडमा डेभ्युको तयारी गरिरहेकी आकांक्षा रंजन कपुरसँगको अफ्येर्सका कारण चर्चामा रहेका छन् ।

अभिनेत्री आलिया भट्टकी मिल्ने साथी समेत रहेकी आकांक्षा र राहुलको अफेयर्स अहिले बलिवुडमा चर्चाको विषय बनेको छ । केहिसमय अघि आकांक्षाले राहुलसँग आफ्नो तस्बीर सामाजिक संजालमा राखे पछि भने उनीहरुको अफ्येर्सको चर्चा झन् बढेको हो ।
सामाजिक संजालमा निकै सक्रिय रहेकी आकांक्षालाई आलिया भट्टको साथीको रुपमा बढी चिनिने गरिन्छ । उनी अभिनेता तथा निर्देशक शशी रंजनकी छोरी हुन् ।

आकांक्षालाई बलिवुडमा सहयोग गर्न आलियाले पहल गरिरहेको मिडिया रिपोर्ट समेत केहि समय अघि आएको थियो । आकांक्षाले राहुललाई केहिसमय अघि अभिनेता रणवीर सिंहसँग भेट गराएको समेत बलिवुडमा चर्चा चलेको छ ।

तर राहुलले भने अहिले आफ्नो ध्यान क्रिकेटमा मात्र भएकाले मिडियाले के के लेख्छ आफुलाई थाहा नभएको बताएका छन् । राहुल भने अहिले भारतीय टिमसँग वेस्टइन्डिज टुरमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै