• २०८१ बैशाख १५ शनिबार

नेप्सेमा दोहोरो अंकले गिरावट, १० समूहको सूचक घट्दा दुुईको बढ्यो

kharibot

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से दोहोरो अंकले घटेको छ । नेप्से आठ दशमलव ४३ अंकले घटेर १२ सय १३ दशमलव ६३ विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७६  अंकले घटेर दुुई सय ६३ दशमलव १९ विन्दुुमा झरेको छ । 

एक सय ६५ कम्पनीहरुको छ हजार तीन सय १८ वटा कारोबारमा ११ लाख ७७ हजार छ सय ४७ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम २७ करोड ३५ लाख आठ हजार सात सय ८५ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समूहको कारोबार भएकोमा दुुई वटा समूहको सूचक बढेकाछन भने १० वटा समूहको सुुचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव ८३ अंकले घटेर एक हजार ९८ दशमलव ७० विन्दुुमा झर्दा बिकास बैंक समूहको सूचक सात दशमलव चार अंकले घटेर १५ सय ९३ दशमलव ६८ विन्दुुमा झरेको छ । 

जलविद्युुत् समूहको सूचक पनि १३ दशमलव २८ अंकले घटेर एक हजार ५३ दशमलव २४ विन्दुुमा झर्दा निर्जिन बीमा समूहको सूचक पनि २५ दशमलव ५९ अंकले घटेर चार हजार आठ सय सात दशमलव आठ विन्दुुमा झरेको छ । यि बाहेक लघुुवित्त, जीवन बीमा, होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि घटेका छन् । टे«डिङ र सामूहिक लगानी कोष समूहको सूचक भने बढेका छन् ।  

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको विशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ६२ पैसाले बढेर १४ सय ६७ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको पाँचथर पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ५६ पैसाले घटेर एक सय चार रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी, बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको सोल्टी होटल लिमिटेडको प्रतिकित्ता दुुई सय ३१ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ३५ लाख ८४ हजार आठ सय ९५ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै