प्रभु बैंकको झापा र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर

खरीबोट

काठमाडौँ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा झापा जिल्लाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

दमकस्थित  मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको झापा मालपोत कार्यालयका कार्यालय प्रमुख चण्डिप्रसाद कोईरालाले एक समारोहका विच समुद्घाट्न गरेका छन् । त्यसै गरी ईलामस्थित मालपोत कार्यालय परिसरमा ईलाम मालपोत कार्यालय प्रमुख केशब कुमार ढकाल र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्रबहादुर थापाले संयुक्त रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरको समुद्घाट्न गरेका छन् । 

झापा तथा ईलाम जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिहेको प्रभु बैंकले मालपोत कार्यालयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व जम्मा गर्न सहज हुनुका साथै दुवै मालपोत कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ ।

प्रभु बैंकका दुवै एक्स्टेन्सन काउण्टरहरुबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता आई राजश्व संकलनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । 

प्रभु बैंकले १९३ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा २६ वटा एक्स्टेन्सन काउण्टरहरुमार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
 

सम्बन्धित समाचार

थप दुई मालपोत कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौँ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा महोत्तरि जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बर्दिबासस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको

प्रभु बैंक र युकेएड सक्षमबीच सहकार्य

काठमाडौं । दक्षिण कोरिया र भारतमा रहेका करिव २१ हजार नेपालीहरुको खाता खोल्नका लागि प्रभु बैंक र युकेएड सक्षमबीच सहकार्य भएको छ । दुई संस्थाबीच भएको सहकार्य अनुसार, बैंकले बचत खाताका

सुनसरीको कालाबञ्जरमा प्रभु बैंकको शाखा 

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा आफ्नो १९५ औं शाखा कार्यालयको रुपमा कालाबञ्जर शाखा कार्यालय आजदेखि

प्रभु बैंकको झापा र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर

काठमाडौँ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा झापा जिल्लाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । दमकस्थित  मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन


z