नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठक काठमाडौंमा सुरु

खरीबोट

काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठक काठमाडौंमा सुरु भएको छ । संयुक्त आयोगको बैठक बुधबार होटल याक एन्ड यतिमा सुरु भएको हो ।

आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उनका भारतीय समकक्षी सुब्रमन्यम् जयशंकरसहित  दुबै देशका उच्च अधिकारीहरु सहभागी छन् । बैठक बिहीबारसम्म चल्नेछ ।

बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल हुनेछ ।

बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ ।

सन् १९८७ मा स्थापना भएको नेपाल-भारत संयुक्त आयोगको पछिल्लो बैठक २०१६ मा भारतको नयाँ दिल्लीमा भएको थियो । गत फेब्रुअरीमै हुनुपर्ने यो बैठक भारतमा हुनलागेको आम निर्वाचनका कारण अगष्टका लागि सरेको थियो ।  
 

सम्बन्धित समाचार

भारत सरकारद्वारा पुनःनिर्माणका लागि दुई अर्ब ४५ करोडको चेक हस्तान्तरण

काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले रु दुई अर्ब ४५ करोडको चेक हस्तान्तरण गरेको छ । भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकर र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठक काठमाडौंमा सुरु

काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठक काठमाडौंमा सुरु भएको छ । संयुक्त आयोगको बैठक बुधबार होटल याक एन्ड यतिमा सुरु भएको हो । आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उनका

नेपाल-भारत संयुक्त बैठक : यस्ता छन् एजेन्डा

काठमाडौँ । यही भदौ ४ र ५ गते राजधानीमा हुने नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठक द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने बताइएको छ । नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ

नेपाल-भारत संयुक्त बैठकमा जम्मु काश्मीर एजेन्डा बन्दैन - परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मु काश्मीरको विषय नेपाल–भारत संयुक्त बैठकको एजेन्डा नबन्ने बताएका छन् । यही भदौ ४ र ५ गते हुने नेपाल–भारत संयुक्त बैठकका बारेमा जानकारी दिन मन्त्रालयमा आज


z