• २०८१ बैशाख १५ शनिबार

भारतीय पूर्वमन्त्री तथा काँग्रेस नेता चिदम्बरम गिरफ्तार

kharibot

नयाँ दिल्ली । भारतीय पुर्व अर्थमन्त्री तथा गृहमन्त्री पी चिदम्बरम गिरफ्तार भएका छन् ।

भ्रष्ट्राचारको आरोप लागेका चिदाम्बरमलाई भारतीय सिबिआइको टोलीले लामो रस्साकस्सी पछि अबेर राति उनकै दिल्लीस्थित घरबाट गिरफ्तार गरेको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । 

यसअघि उनले बुधबार साँझ नै भारतीय काँग्रेसको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफु निर्दोष रहेको र सरकारले राजनीतिक बदला लिन धरपकड गरेको आरोप लगाएका थिए ।

चिदम्बरमले बुधबार उच्च अदालत र सर्वोच्च अदालतमा जमानतका लागि गरेका सबै प्रायस असफल भएका थिए ।

मंगलबारदेखि नै सिबिआइले खोजिरहेको भनिएका चिदम्बरमलाई विदेश जान रोक लगाउने लुकआउट नोटिस समेत जारी गरिएको थियो ।

भारतको मिडिया कम्पनी आइएनएक्स मिडियामा आएको ३०५ करोड विदेशी लगानीसम्बन्धमा अनियमितता गरेको आरोप चिदम्बरममाथि लागेको छ ।  उनीविरुद्ध २०१७ मे १५ मा पहिलो पटक एफआइआर दर्ता गरिएको थियो ।

आइएनएक्स मिडियामा आएको सो विदेशी लागि स्वीकृत गर्दा विदेशी इन्भेस्टमेन्ट प्रमोशन बोर्डले अनुमति दिदा अनिमितता गरेको आरोप लगाइएको हो ।  चिदम्बरम अर्थमन्त्री हुदा सन् २००७ मा सो अनुमति दिइएको थियो । 

साथै चिदम्बरमविरुद्ध एयरसेल-मेक्सिसको ३५ सय करोडको डिलमा चिदम्बरमको भूमिकाका विषयमा समेत सिबिआइले जाँच गरिरहेको बताइएको छ । 

अब चिदम्बरमलाई विहिबार विशेष अदालतमा पेश गरिने भएको छ भने सर्वोच्चमा उनले गरेको जमानत निवेदनको सुनुवाई शुक्रबार हुने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै