• २०८१ बैशाख १४ शुक्रबार

एभीसी सेन्ट्रल जोन भलिबलमा अफगानिस्तानमाथि नेपाल विजयी

kharibot

काठमाडौँ । एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबलमा नेपालले अफगानिस्तानलाई पराजित गर्दै पाँचौं स्थान हासिल गरेको छ ।

आज भएको खेलमा नेपालले अफगानिस्तानलाई ३-१ को सेटले पराजित गरेको हो । नेपालले पहिलो सेट २५-२३ ले जितेको थियो भने दोस्रो सेट अफगानिस्तानले २५-२३ ले जितेको थियो । त्यस्तै नेपालले तेस्रो सेट २५-१८ र चौथो सेट २६-२४ ले जितेको थियो ।

नेपाल माल्दिभ्ससँग २५-२२, २५-२१ र २५-१४ को सेटमा पराजित भएको थियो भने पहिलो खेलमा किर्गिस्तानसँग २५-२३, २५-२२ र २५-२२ को सोझो सेटमा पराजित भएको थियो । 

प्रतियोगितामा नेपाल समूह ‘ए’को दुवै खेलमा नेपाल पराजित भएर तेस्रो बनेको थियो भने समूह ‘बी’मा बंगलादेशलाई पराजित गरी अफगानिस्तान तेस्रो भएको थियो ।

त्यस्तै तेस्रो स्थानका लागि तुर्कमेनिस्तान र माल्दिभ्सबीच अहिले खेल हुँदैछ भने उपाधि भिडन्त भने शनिबार किर्गिस्तान र उज्वेकिस्तानबीच हुँदैछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै