• २०८१ बैशाख १५ शनिबार

वन अधिकृत घुससहित पक्राउ

kharibot

बर्दिया(बाँसगढि) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बाँसगढी वन सब डिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत अनिलकुमार गुप्तालाई घुससहित पक्राउ गरेको छ । 

अख्तियारको बुटवलको टोलीले सेवाग्राहीसँग १० हजार घुस लिँदै गर्दा वन अधिकृत गुप्तालाई पक्राउ गरेको छन् । गुप्ताले काम बनाई दिने भन्दै सेवाग्राही सँग १० हजार घुस मागेका थिए ।

सेवा ग्राहकबाट घुस रकम मागेको गोप्य सुचनाको आधारमा छापा मार्दा उनी रंगे हात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगंजका सुचना अधिकृत लोकमणी पाण्डेले बताए । उनलाई थप अनुसन्धानका लागि अख्तियारले नियन्त्रणमा लिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै