• २०८१ बैशाख १४ शुक्रबार

भारतीय पूर्व अर्थमन्त्री जेट्लीको निधन 

kharibot

नयाँ दिल्ली (भारत) । भारतका पूर्व अर्थमन्त्ती तथा भारतीय जनता पार्टीका नेता अरुण जेट्लीको निधन भएको छ । शनिवार दिउँसो करीब १२ बजे नयाँ दिल्लीको एम्स अस्पतालमा उनको निधन भएको विभिन्न भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

जेट्ली सास लिन समस्या देखिएका कारण गत अगस्ट ९ देखि अस्पताल भर्ना भएका थिए । सञ्चार माध्यमका अनुसार ६६ वर्षीय जेट्लीको फोक्सोमा पानी जमेको थियो जसका कारण उनलाई सास लिन गाह्रो भएको थियो । उनलाई एम्सको भेन्टिलेटरमा राखिएको थियो । उनलाई सफ्ट टिस्यु सरकोमा थियो । यो एक प्रकारको क्यान्सर हो ।

उनी मधुमेहका रोगी थिए भने उनको किड्नी पनि ट्रान्सप्लान्ट भएको थियो । उनी उपचारका लागि अमेरिका समेत गएका थिए । त्यस्तै, मोटोपनाबाट छुटकारा पाउन उनको भेरिएट्रिक सर्जरी पनि गरिएको थियो । 

दिल्ली विश्वविद्यालयका छात्र नेताको रुपमा राजनीतिक जीवन सुरु गरेको जेट्ली सर्वोच्च अदालतका वरिष्ठ वकिल पनि थिए । भारतीय प्रधानमन्त्रीको पहिलो कार्यकालमा अर्थमन्त्रीको जिम्मेवारी पाएका जेट्ली मोदीको दोस्रो कार्यकालमा भने सरकारमा संलग्न भएनन् ।

उनी अटल विहारी बाजपेयीको सरकारमा पनि केन्द्रीय मन्त्री थिए । उनको गणना राष्ट्रको राम्रो वकिल तथा राजनेताको रुपमा हुने गरेको छ । सन् २०८० को दशकमा उनले सर्वोच्च अदालत तथा अन्य उच्च अदालतबाट महत्त्वपूर्ण मुद्दाहरु लडेका थिए । 

सन् १९९० मा उनलाई दिल्ली उच्च अदालतले वरिष्ठ वकिलको पद दिएको हो । विश्वनाथ प्रताप सिंहको सरकार रहँदा उनले अडिशनल सोलिसिटर जनरल पद प्राप्त गरेका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै