सन्यास तोड्दै रायुडू, आइपिएल खेल्ने तयारी  

खरीबोट

काठमाडौँ । क्रिकेट विश्व कप खेल्ने भारतीय टिममा नपरेपछि सन्यासको घोषणा गरेका क्रिकेटर अम्बाती रायुडूले आइपिएल खेल्ने बताएका छन् ।

स्टार स्पोर्ट्ससँगको कुराकानीमा रायुडूले आइपिएलमा चेन्नई सुपरकिंग्सबाट खेल्ने बताएर आफ्नो सन्यास तोड्ने संकेत दिएका छन् ।

रायुडूले भने, म पक्कै पनि चेन्नईबाट आइपिएल खेल्ने छु । यसलाई मैले सेतो बल क्रिकेटमा पुनरागमनको रुपमा हेरेको छु । अहिले म आफ्नो फिटनेसलाई ध्यान दिएको छु । चेन्नई सुपर किंग्सले तपाइँलाई यस्तो महसुस गराउछ कि त्याँहा तपाईलाई जहिले पनि स्वागत रहेको छ ।'

विश्वकपमा भारतीय टिममा चार नम्बरमा ब्याटिंग गर्ने खेलाडीको रुपमा छनौट हुनेमा ढुक्क रहेका रायुडू, उनको ठाउमा विजय शंकर र पछि ऋषव पन्त छनौट भएपछि सन्यासको घोषणा गरेका थिए ।

सन्यासका बारेमा बोल्दै रायुडूले सन्यास लिनु कुनै भावुक निर्णय नभएको बताउदै पछिल्लो चार बर्ष विश्वकपका लागि निकै मिहिनेत गरेको र टिममा नपर्दा निराश भएको प्रतिक्रिया दिए । उनले आफुसँग अझै समय रहेको र यसलाई आफुले एक एक कदम सोचेर निर्णय गर्ने बताए ।

रायुडूले भारतका लागि ५५ एकदिवसीय खेल खेल्दै ४७.०७ को अकुसतले १६९४ रन बनाएका छन् । जसमा उनले ३ शतक र १० अर्धशतक समेत बनाएका छन् । त्यस्तै ५ टी-२० खेलमा १०.५० को औसतले ४२ रन बनाएका छन् ।          
 

सम्बन्धित समाचार

सन्यास तोड्दै रायुडू, आइपिएल खेल्ने तयारी  

काठमाडौँ । क्रिकेट विश्व कप खेल्ने भारतीय टिममा नपरेपछि सन्यासको घोषणा गरेका क्रिकेटर अम्बाती रायुडूले आइपिएल खेल्ने बताएका छन् । स्टार स्पोर्ट्ससँगको कुराकानीमा रायुडूले आइपिएलमा चेन्नई सुपरकिंग्सबाट खेल्ने बताएर आफ्नो सन्यास

ब्रेण्डम म्याकुलम बने कोलकोता नाइट राइडर्सको प्रमुख कोच

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टिम कोलकोता नाइट राइडर्सले न्युजील्याण्डका पुर्व कप्तान ब्रेण्डम म्याकुलमलाई प्रमुख कोचमा नियुक्त गरेको छ । कोलकोताले आज एक विज्ञप्ति जारी गर्दै म्याकुलमलाई प्रमुख कोच बनाएको

आइपिएलका यी खेलाडी जसले टिमलाई जिताए र डुबाए ! 

काठमाडौँ । डेढ महिना लामो आइपिएल सकिएको छ । मुम्बई इण्डियन्सले रोमान्चक खेलमा चेन्नईमाथि एक रनको जित हासिल गर्दै चौथो पटक आइपिएलको उपाधि जित्यो । यस रिपोर्टमा आइपिएल फेन्चाईजले किनेका खेलाडीको

आइपिएलमा कसले कुन अवार्ड र कति रकम जिते ?

काठमाडौँ । आइपिएलको यस सिजन सकिएको छ । मुम्बई इण्डियन्सले चेन्नई सुपरकिंग्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गर्दै चौथो पटक आइपिएल उपाधि जितेको छ । यस आइपिएलमा जित हासिल गर्दै मुम्बईले


z