• २०८१ बैशाख १४ शुक्रबार

यू–१५ साफ फुटबल फाइनलमा आज नेपाल र भारत भिड्दै 

kharibot

काठमाडौँ । भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुदै छ ।

आज फाइनलमा नेपाल र भारतबीच खेल हुदै छ ।

प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भूटानसहभागी साफ प्रतियोगितामा भारत र नेपाल पहिलो र दोस्रो हुदै फाइनलमा पुगेका हुन् ।

भारतले लिग चरणका चार वटै खेल जितेर अपराजित हुदै फाइनलमा पुगेको हो भने नेपाल ४ खेल मध्ये ३ खेलमा जित र एक खेलमा हार बेहोरेर दोस्रो हुदै फाइनलमा पुगेको हो ।

पहिलो खेलमा भारतसँग ५-० ले पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलङ्कालाई २-० ले, बङ्गलादेशलाई ४-१ ले र भूटानलाई ६-० ले पराजित गर्न सफल भएको थियो ।
त्यस्तै भारतले भने नेपाललाई ५-० ले, भुटानलाई ७-० ले, श्रीलंकालाई ५-० ले र बंगलादेशलाई ४-० ले पराजित गरेको थियो ।

प्रतियोगितामा अहिलेसम्म भारतका हिमांशु जान्ग्राले सर्वाधिक ६ गोल गरेका छन् भने नेपालका प्रदिप लम्सालले ३ गोल गरेका छन् । त्यस्तै नेपालका कृष्ण अधिकारी यादव र अशीम राईले २-२ गोल गरेका छन् ।  

अब फाइनल खेल नेपाल र भारतबीच आज अपराहन्न ३ बजे हुने छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै