• २०८१ बैशाख १५ शनिबार

यू–१५ साफ फुटबल फाइनलमा नेपालको लज्जास्पद हार

kharibot

काठमाडौँ । भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले भारतसँग लज्जास्पद हार बेहोरेको छ ।

आज सम्पन्न फाइनल खेलमा भारत ७-० गोल अन्तरले विजयी भएको हो ।  

भारतले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा ४ गोल थपेको थियो । भारतले पहिलो हाफमा खेलको १५औ मिनेट, ४१औ मिनेट र ४५औ मिनेटमा गोल गरेको थियो भने दोस्रो हाफमा ५२औ, ६५औ, ७६औ र ८०औ मिनेटमा गोल गरेको थियो ।

भारतका लागि श्रीदार्थ नोग्मेकपामले ह्याट्रिक गरेका थिए भने हिमांश जन्ग्रा, सिबाजित सिंह, अमनदीप र महेसोन सिंहले एक एक गोल गरेका थिए ।   

प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भूटान सहभागी साफ प्रतियोगितामा भारत र नेपाल पहिलो र दोस्रो हुदै फाइनलमा पुगेका थिए ।

भारतले लिग चरणका चार वटै खेल जितेर अपराजित हुदै फाइनलमा पुगेको हो भने नेपाल ४ खेल मध्ये ३ खेलमा जित र एक खेलमा हार बेहोरेर दोस्रो हुदै फाइनलमा पुगेको हो ।

पहिलो खेलमा भारतसँग ५-० ले पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलङ्कालाई २-० ले, बङ्गलादेशलाई ४-१ ले र भूटानलाई ६-० ले पराजित गर्न सफल भएको थियो ।

त्यस्तै भारतले भने नेपाललाई ५-० ले, भुटानलाई ७-० ले, श्रीलंकालाई ५-० ले र बंगलादेशलाई ४-० ले पराजित गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय