• २०८१ बैशाख १४ शुक्रबार

सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङबीच सम्झौता

kharibot

काठमाडौँ । सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङबीच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल तथा द हबि अटो ट्रेडिङका तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापत्र अनुसार द हबि अटो ट्रेडिङबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान गर्ने छ । 

हालसम्म बैंकको ९६ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै