मानिसलाई हिरो बनाउने जाओ एप भयो भाइरल 

खरीबोट

चीन । एक एप हाल निकै भाइरल भएको छ । मानिसलाई हिरो बनाउने जाओ नामक एप चीनको आईओएस एप स्टोरमा अपलोड भएपछि तीव्र गतिले भाइरल भयो । जाओ एपको माध्यमले प्रयोगकर्ताले कुनै पनि तस्वीर अथवा भिडियो क्लिपमा सिलेब्रिटीको स्थाना आफ्नो मुहार लगाउन सक्छन् । यो एपबाट तस्वीर अथवा भिडियो फेक भएको पटक्कै पत्ता नलाग्ने बताइएको छ । अर्थात् तस्वीर र भिडियो पूर्णरुपमा सत्य रहेको जस्तै देखिन्छ । हिरो हिरोइनको गेटअपमा आफ्नो मुहार देख्न पाउँदा कसलाई खुसी नलाग्ला र ? त्यसैले नै यो एप यति छिटो भाइरल भएको बताइएको छ ।

यद्यपि, केही विशेषज्ञले भने यस एपलाई लिएर चिन्ता व्यक्त गरेका छन् । कृत्रिम बौद्धिकताको सहायताले हाल निकै भ्रम फैलिरहेको र यसले मानिसको जीवनमा नै हानि पुर्याउन सक्ने उनीहरुको मान्यता छ । त्यस्तै, गोपनीयतालाई लिएर पनि प्रयोगकर्ताहरु निकै चिन्तित छन् । जसरी फेसएपको माध्यमले प्रयोगकर्ताको व्यक्तिगत डाटाहरु लिक भए, यसमा पनि कतै त्यस्तै खतरा पो छ कि भनी उनीहरु चिन्तित बनेका हुन् । 

जाओ प चीनको आईओएस एप स्टोरमा शुक्रवार मात्रै अपलोड गरिएको हो । यो निकै छिटो भाइरल भयो । एप निर्माता कम्पनीले चिनियाँ सञ्चार माध्यम वेइपोमा पोस्ट गर्दै एपमा ट्राफिक बढेर सर्भर नै पूरै क्र्यास भएको बताएको थियो । 

विश्वभरको एप डाउनलोडलाई ट्र्याक गर्ने एक विभाग एप एन्नीका अनुसार सेप्टेम्बर १ मा जाओ चीनमा आईओएस एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने फ्री एप बनेको थियो । 

प्रयोगकर्ताले यो एप डाउनलोड गरेपछि साइनअप गरेर स्मार्टफोनबाट खिचिएको आफ्नो अनुहार अपलोड गर्नुपर्छ । 

सिलेब्रिटीको स्थानमा आफ्नो मुहार 

प्रयोगकर्ताले एपमा रहेको सिलेब्रिटीका कुनै पनि भिडियोमध्ये एकलाई चयन गरेर उक्त सिलेब्रिटीको मुहारको स्थानमा आफ्नो मुहार लगाउन सक्छन् । 
त्यसपछि प्रयोगकर्ताले आफ्नो मुहार भएको भिडियो अन्य प्रयोगकर्ता र प्लेटफर्ममा सेयर गर्न सक्छन् । चिनियाँ सिलेब्रिटीको मुहारबाहेक एपमा लियोनार्डो डिक्याप्रियो र मर्लिन मुनरो जस्ता प्रसिद्ध मुहार पनि संलग्न छन् । 

सिलेब्रिटीको जस्तो हेयरस्टाइल, क्लोदिङ सर्वसाधारणलाई सम्भव नभए पनि यसले साधारण व्यक्तिलाई पनि सिलेब्रिटी बनाइदिएको एक प्रयोगकर्ताको भनाइ छ । 
यद्यपि, गोपनीयताको भने धेरैलाई डर छ । किनकि एप प्रयोग गर्नुभन्दा पहिला युजर एग्रिमेन्टमा एपमा आफ्नो फोटो अपलोड गरेपछि जाओसँग उक्त मुहारको इन्टेलेक्चुअल प्रोपर्टी राइट्स हुने र जाओले उक्त तस्वीर मार्केटिङको लागि प्रयोग गर्न सक्ने बताइएको छ । यही समस्या पहिला फेसएपमा पनि थियो । 

एपले यसरी काम गर्छ

जाओ एपलाई मोमो नामक डेटिङ एप निर्माता कम्पनीले बनाएको हो । यो कम्पनी पछि लाइभस्ट्रीमिङ सेवाप्रदायकमा परिवर्तन भयो । जाओ एपले कृत्रिम बौद्धिकताको आधारमा काम गर्छ । 

यस एपले प्रयोगकर्ताको मुहारको केही भाग जस्तै, आँखा, नाक र ओठलाई ट्र्याक गरेपछि भिडियोमा देखिएको मुहारसँग म्याच गर्छ । त्यसपछि भिडियोमा प्रयोगकर्ताको मुहार त्यही भागको आधारमा नै सेट गरिदिन्छ । त्यसपछि भिडियो रेन्डरिङ हुन्छ र देखिएको मुहारको फिचर बदलिन्छ । यसको सहयोगले भिडियो क्लिपमा देखिएको मुहारको स्थानमा दोस्रो मुहार फिट गरिन्छ । यस प्रविधिको दुरुपयोगलाई लिएर पनि विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । 

सम्बन्धित समाचार

बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

दार्चुला । अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महीनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् ।  यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै

सिपिएलमा सन्दीपको जादु : तिन विकेट लिएपछि बार्बाडोस जित नजिक

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली स्पिनर सन्दीप लामिछानेले सेन्ट किट्स एण्ड नेभिसविरुद्धको खेलमा ३ महत्वपूर्ण विकेट लिएका छन् । सन्दिपले ३.५ ओभर बलिङ गर्दै २२ रन दिएर ३

आइओएस १३ लन्च गर्दै एप्पल, यस्ता छन् विशेषता 

काठमाडौं । आइफोन निर्माता एप्पलले आफ्नो बार्षिक इभेन्ट सेप्टम्बर १० मा आइफोनको ११औ सिरिज लन्च गर्ने भएको छ । एप्पलको यस इभेन्टमा एप्पलले आफ्नो अपरेटिङ सिस्टम आइओएस १३ पनि लन्च गर्ने

जयबागेश्वरीका दुई तला भत्काएपछि भेटियो नयाँ तीन गजुर

काठमाडौँ । भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण गर्न भत्काउने क्रममा छानाभित्र तीनवटा गजुर भेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  लिच्छविकालीन प्यागोडाशैलीको तीनतले मन्दिरको दोस्रो छाना भत्काएपछि तीनवटा गजुर


z