• २०८१ बैशाख १५ शनिबार

मुस्ताङमा र्याफ्टिङ परीक्षण

kharibot

मुस्ताङ । मुस्ताङको दामोदरकुण्ड ल्योघेकर गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा ¥याफ्टिङ ९जलयात्रा० सञ्चालनको लागि परीक्षण गरिएको छ । 

गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको पहलमा चराङदेखि घिलिङ सम्मको कालीगण्डकी नदीमा जलयात्राको परीक्षण गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० र आन्तरिक भ्रमण वर्ष २०१९÷२२ लाई लक्षित गरेर कालीगण्डकीमा जलयात्राको सम्भाव्यता अध्ययन गर्न परीक्षण गरिएको सांसद विष्टले बताए ।  

चराङदेखि बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुस्ताङ गेट भन्ने ठाउँसम्म जलयात्रा सञ्चालन गर्ने योजना छ । परीक्षणकारुपमा हालै तीनवटा डुङ्गामा २६ जना सहभागी भएर जलयात्रा गरिएको थियो ।  

प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री किरण गुरुङ पनि जलयात्रामा सहभागी भएका थिए । करीब १६ किलोमिटर दूरीमा जलयात्रा गरिएको थियो । मध्य भागमा पर्ने घिलिङको खोचमा साघुरो भएकाले जोखिम भएपछि अन्य ठाउँमा जलयात्राको सम्भावना देखिएको सहभागी प्राविधिकले बताएका छन् । 

मुस्ताङमा पहिलो पटक जलयात्रा गरिएको हो । जलयात्राको परीक्षणका लागि पर्यटन बोर्ड र उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले सहयोग गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै