• २०८१ बैशाख १५ शनिबार

रोल्पामा पहिरोले पुरिएर मृत्यु

kharibot

रोल्पा । पहिराले पुरेर एक बालकको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका– १ फूलिवनमा आएको पहिरामा परी सोही ठाउँका पृथबहादुर घर्तीको १४ वर्षीय छोरा शुकबहादुर घर्तीको मृत्यु भएको हो ।

यही भदौ १८ गते बिहान तीजको नाच हेरेर घर फर्कंदै गरेका घर्तीलाई एक्कासि आएको पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए । 

सिरक्याङ भिर नजिकैको खोलामा आएको सो पहिरोले घर्तीलाई पुरेको थियो । सो स्थानमा अझै पनि पहिरो आइरहेकाले  थप दुर्घटना हुनसक्ने आशङ्काले स्थानीयवासी त्रस्त छन् ।

प्रहरीका अनुसार मृतक घर्तीको शव परीक्षणका लागि रोल्पा अस्पतालमा ल्याइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै