• २०८१ बैशाख १४ शुक्रबार

अबको आन्दोलनले राजसंस्था फर्कन्छ – राप्रपा प्रवास विभाग प्रमुख खडका

kharibot

काठमाडौ । राप्रपा केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खडकाले जनता राजसंस्था फर्काउने मुडमा रहेको बताएका छन् ।

राप्रपा दोलखा-काठमाडौ सम्पर्क समाजको विशेष वैठकलाई सम्बोधन गर्दै उनले राजसंस्था र हिन्दुराष्ट्रको लागि गरिने आन्दोलनवाट मुलुकमा परिवर्तन हुने वताए ।

राप्रपाले यो यथास्थिति, विकृति र विसंगतिलाई चिर्न निर्णायक आन्दोलन गर्नुपर्ने बताउदै त्यहि आन्दोलनबाट राजसंस्था र हिन्दुराष्टको स्थापनाको साथै मुलुकमा रहेको यावत विकृतिले निकास पाउने बताए ।

बैठकले दोलखाको सात गाविस र दुई नगरपालिकामा सम्पर्क समाजको विस्तार गर्ने, राष्ट्रिय स्वाभिमान यात्राको तयारी गर्ने निर्णय गरेको छ । साथै समाजको  रिक्त उपाध्यक्षमा राम वहादुर कार्की, नवीन कुमार वस्नेत तथा काेषाध्यक्षमा किशोर आचार्यलाई मनोनयन गरेको छ । 

समाजका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा बसेको बैठकमा सल्लाहकारहरू दिलवहादुर आचार्य, कमल गजाधर खडका, लव खडका, राप्रपा दोलखाका नेता राजन वहादुर शिवाकोटी, समाजका उपाध्यक्ष नवीन कुमार वस्नेत, सचिव दिनेश शिवाकोटी, राप्रपा दोलखाका सदस्य राजीव भुजेल लगायतले मन्तव्य राखेका थिए । 

साथै भाद्र २१ गते राप्रपा दोलखाले चरिकोटमा केन्द्रीय नेताहरूको उपस्थितिमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै